Swasthya Awaj
डाक्टरहरूको आन्दोलनले बिरामीको सास्ती (तस्वीरहरू)

काठमाडौं, असार २४- उपभोक्ता अदालतको फैसलाप्रति असहमति जनाउँदै नेपाल चिकित्सक संघले देशभर आकस्मिकबाहेकका सेवा बन्द गरेपछि बिरामीहरू ठूलो समस्यामा परेका छन्। काठमाडौं, पोखरा, चितवनलगायत प्रमुख अस्पतालका ओपीडी, चेकअप, शल्यक्रिया सेवा ठप्प हुँदा सयौं बिरामी अलपत्र परेका छन्।

टाढाबाट आएका बिरामी अस्पतालको बेन्चमा रात बिताउन बाध्य छन्। चिकित्सकहरू उपभोक्ता अदालतले डाक्टरलाई क्षतिपूर्तिको आदेश दिएकोमा असन्तुष्ट छन्। उनीहरूको भनाइ छ -स्वास्थ्य सेवा उपभोक्ता अदालतको क्षेत्राधिकारमा पर्नु अन्याय हो।

सरकार भने मौन छ। आन्दोलन चर्किँदै जाँदा सर्वसाधारण बिरामीहरू प्रत्यक्ष मारमा परेका छन्। चिकित्सक संघले आकस्मिक सेवा भने सुचारु राखेको छ। समस्या समाधानका लागि चाँडो संवाद हुनुपर्ने माग बढेको छ।

TB

सबै तस्वीर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update