Swasthya Awaj
सुदूरपश्चिमको सामाजिक विकास मन्त्रीमा लक्ष्मणकिशोर चौधरी

धनगढी: सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा लक्ष्मणकिशोर चौधरी नियुक्त भएका छन् ।

बुधबार राति मुख्यमन्त्री कमलबहादुर शाहले चौधरीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका हुन् । नागरिक उन्मुक्ति पार्टीबाट २५ फागुन २५ मा उनी विनाविभागीय मन्त्री नियुक्त भएका थिए ।

चौधरीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । मुख्यमन्त्री शाहले बुधबार राति नाउपाका सरकारमा सहभागी चौधरीसहित सबै मन्त्रीसँग छलफल गरेर जिम्मेवारी दिएका हुन् ।

सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाएका चौधरीले बिहिबार मन्त्रालयमा पदभार ग्रहण गरेका छन् । केन्द्रमा कांग्रेस र माओवादीसहितको गठबन्धन भत्किनुअघि सामाजिक विकास मन्त्रीमा माओवादी केन्द्रका झपटबहादुर साउँद थिए ।

केन्द्रमा नयाँ गठबन्धन बनेसँगै कांग्रेसका मुख्यमन्त्री शाहले साउदसहितका माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गरेका थिए । त्यसयता सामाजिक विकास मन्त्रालय मुख्यमन्त्रीले आफैसँग राखेका थिए ।
 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update