Swasthya Awaj
पहिरोका कारण बाटो नखुल्दा एम्बुलेन्समै गुमाए दुई बिरामीले ज्यान
TB

काठमाण्डौः पहिरोमा परी एम्बुलेन्स बीच बाटोमै रोकिंदा दुई जना बिरामीको मृत्यु भएको छ। यसरी मृत्यु हुनेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका ४ घर भएकी ९४ वर्षीया टीकाकुमारी भुजेल र महोत्तरीको बर्दिवास नगरपालिका ८ का ४५ वर्षीय मानबहादुर सिंजाली रहेको सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले जनाएका छन्।

उनका अनुसार उनीहरू शुक्रबारदेखि नै सिन्धुलीको सुनकोशी गाउँपालिका १ दुम्जास्थित टुपी डाँडा भन्ने ठाउँमा एम्बुलेन्समा अड्किएका थिए। बिरामीलाई उपचारका लागि एम्बुलेन्समा राखेर काठमाडौं ल्याइँदै थियो । तर उनीहरु पहिरोका कारण काठमाडौं समयमै आउन नसक्दा बाटोमै मृत्यु भएको हो ।

बिहिबारदेखि अविरल परेको पानीका कारण काठमाडौं लगायत धेरै स्थानमा धनजनको ठूलो क्षति भएको छ भने बाटो पूर्ण रुपमा अवरुद्ध भएका छन्। जसले गर्दा ठूलो संख्यामा यात्रुहरु बाटोमै अलपत्र परेका छन्।

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update