डेंगु नियन्त्रणका कार्यक्रम थप सक्रिय बनाउँदै काठमाडौँ महानगर
                            
                            
                                                        
                                                    
                                                                        काठमाडौँ: काठमाडौँ महानगरपालिका डेंगु नियन्त्रणका कार्यक्रमलाई थप सक्रिय बनाउने भएको छ । बुधवार बसेको नगर कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो । बर्षायाममा साउन, भाद्र, असोज र कात्तिक महिनासम्म यस रोगको सङ्क्रमण दर तीव्र हुने गरेको विगत अभ्यासले देखाउँछ ।
यस अवधिमा महानगरले डेंगु रोगको बारेमा टेलिफोनमार्फत परामर्श दिन (रोगका लक्षण, उपचार, सावधानी) हटलाइन ११८० लाई २४ सै घण्टा सञ्चालनमा ल्याइएको छ । अस्पताल जानुपरे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सकिन्छ ।
डेंगु रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जललगायत आवश्यक औषधिको स्वास्थ्य प्रवर्धन केन्द्रमा पर्याप्त उपलब्ध गराइएको छ ।
प्रकाशित मिति: बुधबार, असोज ९, २०८१
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    



