बाँकेको जानकीमा झाडापखालाबाट १ जनाको मृत्यु, ३ जना बिरामी
                            
                            
                                                        
                                                    
                                                                        नेपालगन्जः झाडापखालाका कारण बाँकेको जानकी गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । जानकी गाउँपालिका-५ बेलहरीका ३४ वर्षीय होली तेलीको झाडापखालाबाट मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिए ।
तीन जनामा झाडापखला देखिएको छ । ती मध्ये एक जनाको भेरी अस्पताल र अर्का एकजनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । एक जना भने उपचारपछि घर फर्किसकेका छन् । झाडापखाला देखिएको क्षेत्रलाई स्वास्थ्यकर्मीको टोलिले निगरानीमा राखेको छ ।
प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    



