चिकित्सा शिक्षा आयोगद्वारा एमबीबीएस लगायतका विषयको सिट निर्धारण, कुन कलेजलाई कति?
                            
                            
                                                        
                                                            
                                    चार वटा नयाँ कलेजसहित एमबीबीएसमा २१४० सिट
                                
                                                    
                                                                        काठमाडौं: चिकित्सा शिक्षा आयोगले स्नातक तहका लागि विभिन्न कलेज तथा प्रतिष्ठानहरुका लागि सिट निर्धारण गरेको छ। आयोगले स्नातक तहका लागि विभिन्न विषयहरु गरेर ८ हजार ७० वटा सिट निर्धारण गरेको छ।
सार्वजनिक सूचना अनुसार यो वर्ष एमबीबएसका लागि चार वटा नयाँ कलेजले सम्बन्धन पाएका छन्। जसमा तीन वटा नयाँ र एउटा निजी कलेज रहेको छ। सरकारीमा मधेश, पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको छ भने निजीमा बिएन्डसी कलेज रहेको छ।
आयोगले शुक्रबार सार्वजनिक गरेको सूचना अनुसार एमबीबीएसमा सबै कलेजहरुमा गरेर दुई हजार एक सय ४० वटा सिट निर्धारण भएको छ। यस्तै बीपीएचमा ६७०, बीएनएसमा ९८०, बीडीएसमा ५७५, बीएस्सी नर्सिङका लागि १९९० सिट निर्धारण भएको छ।
कुन कलेजलाई कुन विषयमा कति सिट?
प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    



