
काठमाण्डौः नेपाल नेत्रज्योति संघ अन्तर्गतको सञ्जालले एक वर्षमा ३३ लाख बढीलाई आँखा उपचार सेवा दिएको छ ।
देशभरभरी २८ आँखा अस्पताल, १५६ आँखा उपचार केन्द्र ४३ जिल्ला शाखा रहेका छन् । सन २०२३ भरी यी सबैमा गरी ३३ लाख ६ हजार २६ जनाको आँखा जााच तथा उपचार भएको नेत्र ज्योति संघले जानकारी दिएको छ ।
४६ औँ स्थापना दिवसका अवसरमा संघले मंगलबार आयोजना गरेको पत्रकार अन्तक्रिया कार्यक्रम दिइएको जानकारी अनुसार पछिल्लो वर्ष २ लाख ६५ हजार ८८५ जनाको आँखा शल्यक्रिया गरिएको थियो ।
संघको सञ्जालमार्फत ८ लाख ५ हजार ३१६ जना विदेशी नागरिकले आँखा उपचार सेवा प्राप्त गरेको संघका महासचिव भरतबहादुर चन्दले जानकारी दिनुभयो ।
चन्दका अनुसार एक वर्षमा कर्णाली प्रदेशमा एकीकृत आँखा तथा कान परियोजना अन्तर्गत ६ हजार भन्दा बढीको निशुल्क आँखाको शल्यक्रिया गरिएको छ ।
नेपाली दूतावासँग सवन्वय गरी परराष्ट्र मन्त्रालय सम्बन्धित देशमा रहेका नेपाली श्रमिकको सोही देशमा गएर आँखाको उपचार गर्ने योजना अधि सारिएको महासचिव चन्दले जानकारी दिनुभयो ।
विदेशमा रहेका नेपालीलाई आँखा उपचार सेवा पुर्याउने उद्देश्यले विभिन्न देशमा सहयोग समिति बिस्तार गर्ने लक्ष्य लिएको छ । सोही अनुरुप हालसम्म बेलायत र हङकङमा समिति गठन गरिसकिएको छ ।
संघको स्थापना कालदेखि यसको सञ्जालमार्फत ४ करोड ३६ लाख २६ जनाले आँखाको उपचार सेवा लिएका छन् । ५१ लाख ३३ हजार ६५९ जनाको आँखाको शल्यक्रिया भएको छ । सन १९८१ मा संघ स्थापना हुँदा नेपालमा अन्धोपना १०० जनामा १ रहेकोमा अहिले ३५८ मा १ जनामा अन्धोपना रहेको पनि महासचिव चन्दले जानकारी दिनुभयो ।
नेपाल नेत्र ज्योति संघ विश्वकै ठूलो आइ केयर नेटवर्क रहेको का कार्यकारी निर्देशक डा.शैलेश कुमार मिश्रको दावी छ। विराटनगर आँखा अस्पताल, सिरहास्थित सगरमाथा चौधरी आँखा अस्पताल र दाङको लमही आँखा अस्पतालमा कानको उपचार सेवा समेत सुरु गरिएको डा.मिश्रले जानकारी दिनुभयो ।
१० वर्षभित्र नेत्रज्योति संघले सञ्चालन गरेका सबै आँखा अस्पतालमा नाक, कान, घाँटीको उपचार सुरु गर्ने गरी तयारी भएको उहाँको भनाइ छ ।
भारतका ५ वटा प्रान्तबाहेक सबैबाट नेपालमा आँखा उपचारका लागि आएको जानकारी डा।मिश्रले दिनुभयो । डा।मिश्रका अनुसार विहार, उत्तर प्रदेश, आसाम, पश्चिम बंगाल लगायतका राज्यबाट आउनेको संख्या धेरै छ । ४ हजार बंगलादेशीले समेत सेवा नेपालमा आएर आँखा उपचारको सेवा लिएका छन् ।
यही कारणले गर्दा पनि मेडिकल पर्यटनका लागि आँखा उपचारले ठूलो भूमिका खेल्न विश्वास डा।मिश्रले व्यक्त गर्नुभयो ।
खाडी मुलक, थायल्याण्ड लगायतका देशका व्यक्ति ठूलो संख्यामा युरोप लगायतका देशमा आँखा उपचार गर्न जाने गरेको डा।मिश्रले सुनाउनुभयो । तिनलाई कसरी नेपाल ल्याउन सकिन्छ भनेर नेपाल नेत्रज्योति संघ लागि रहेको उहाँको दावी छ ।
नेपालमा अहिले मोतियाबिन्दुको अप्रेसन गर्नुपर्ने अवस्थाका व्यक्ति २ लाख ५० हजार रहेको पनि डा।मिश्रले जानकारी दिनुभयो ।
कर्णाली प्रदेशमा नै बढी उपचारको आवश्यकता रहेको तर त्यही जनशक्ति कम भएकाले पछिल्ला दिनमा नेपाल नेत्र ज्योति संघ कर्णाली प्रदेशमा बढी केन्द्रीत भएको उहाँले बताउनुभयो ।
आँखाको उपचारमा पहुँच नभएर भन्दा पनि चेतना नभएर धेरै जना आँखाको उपचारबाट वञ्चित भएको नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्रा.डा.चेतराज पन्तले बताउनुभयो ।
नेपाल नेत्रज्योति संघका अध्यक्ष डा.कति पैसा लाग्छ, कति टाढा जानुपर्छ कसले अप्रेसन गर्छ, अप्रेसन गरेपछि आँखा देखिने होकि होइन ।
अन्धोपन निवारण गर्नसक्ने जनशक्ति रहेको । ५० प्रतिशत व्यक्तिलाई सही सूचना नपुगेको उपचार गर्नुपर्छ र उपचार गरेपछि ठिक हुन्छ भन्ने कुरामा विश्वस्त हुन नसेको उहाँको भनाइ छ । आँखाको उपचार हुन्छ कि हुँदैन ? गर्नुपर्छ कि पर्दैन भन्ने जानकारी नभएर पनि धेरै जना उपचारमा नआएको उहाँले बताउनुभयो ।
आँखा उपचारमा कति पैसा लाग्छ ? कति टाढा जानुपर्छ ? कसले अप्रेसन गर्छ ? अप्रेसन गरेपछि आँखा देखिने होकि होइन ? भन्ने जस्ता तमाम प्रश्न धेरै व्यक्तिमा रहेको डा.पन्तको भनाइ छ ।
५० प्रतिशत व्यक्तिलाई सही सूचना नपुगेको उपचार गर्नुपर्छ र उपचार गरेपछि ठिक हुन्छ भन्ने कुरामा विश्वस्त हुन नसेको उहाँले बताउनुभयो ।
नेपालमा अन्धोपन निवारण गर्नसक्ने जनशक्ति रहेको र सबैले प्रयास गरे ५ वर्षभित्र अन्धोपन निवारण गर्न सकिने डा.पन्तको दावी छ । यो काम नेत्रज्योति संघ एक्लैले गर्न नसक्ने र यसका लागि सबै तहका सरकार, आम सर्वधारण समेत सबैको साथ आवश्यक रहेको पन्त बताउनुहुन्छ ।