Swasthya Awaj
बीएन्डसीका विषयमा अदालतको आदेशपछि चिकित्सा शिक्षा ऐनप्रतिकूल फैसला आएको अवस्थामा भ्याकेटमा जानुपर्छः डा. गोबिन्द के.सी

काठमाडौंः डा गोविन्द केसीले बीएन्डसी मेडिकल कलेजका विषयमा अदालतको आदेश चिकित्सा शिक्षा ऐन प्रतिकूल भए भ्याकेटमा जानुपर्ने बताएका छन्। मंगलबार विज्ञप्ति जारी गर्दै केसीले  देशको कानुन र संविधान टेकेर हुने कुनै पनि फैसला मान्नु  सबैको कर्तव्य भएपनि कसैको निहित स्वार्थमा कानुन प्रतिकूल फैसला आएको अवस्थामा त्यसले न्यायिक अराजकता सिर्जना गर्ने बताएका छन्।

ऐनप्रतिकूल फैसला आएको अवस्थामा सम्बन्धित निकाय तत्काल न्यायिक पुनरावलोकन (भ्याकेट) मा जानुको विकल्प रहने छैन । 
उनले भनेका छन् सो फैसलाले चिकित्सा शिक्षा ऐनको मर्ममा प्रहार गर्‍यो र आयोगलाई निस्तेज तुल्यायो भने मेडिकल शिक्षाको क्षेत्रमा अराजकतालाई बल पुग्नेछ र  आम नागरिकको स्वास्थ्यमा थप खेलबाड हुनेछ । उनले दिग्ध अर्थ लाग्ने फैसालामा टेकेर कसैले पनि ऐन उल्लङ्घन गर्ने काम गरेमा त्यो हामीलाई स्वीकार्य हुने छैन। साथै सरकारलाई आफ्ना मागहरू तुरुन्त पूरा गर्न र सम्झौताहरू कार्यान्वयन गर्न पुनस्मरण गराएका छन्।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update