कक्षा १२ को नतिजामा न्यूनतम शैक्षिक योग्यता पुरा नगरेका आवेदकहरुको परीक्षा दस्तुर फिर्ता हुने

काठमाण्डौः चिकित्सा शिक्षा आयोगले कक्षा १२ को नतिजामा तोकिएको न्यूनतम शैक्षिक योग्यता पुरा नगरेका आवेदकहरुको परीक्षा दस्तुर फिर्ता गर्ने निर्णय गरेको छ।
आयोगले भदौ १ देखि ५ गतेसम्म सञ्चालन हुने एकीकृत प्रवेश परीक्षाका लागि अनलाइन आवेदन दिएकाहरुको तोकिएको न्यूनतम शैक्षिक योग्यता पुरा नगरेका आवेदकहरुको परीक्षा दस्तुर फिर्ता गर्ने निर्णय भएको जानकारी दिएको छ ।
आयोगले कक्षा १२ का विद्यार्थीलाई नतिजा नआएपनि स्नातक तहको एकीकृत प्रवेश परीक्षाको लागि आवेदन दिन सक्ने व्यवस्था गरेको थियो।
प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१ १५:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय