Swasthya Awaj
अछामको मेल्लेखमा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन घाइते बयालपाटा अस्पतालमा

ट्याक्टर दुर्घटना हुँदा एकै वडाका ५ जनाको ज्यान गएको छ । अछामको मेल्लेख गाउँपालिका–७ नन्देगडाको सुयडीमा टयाक्टर दुर्घटना हुँदा एकै वडाका ५ जनाको मृत्यु भएको हो।

सोमबार बिहान भएको दुर्घटनामा थप २ जना घाइते भएका छन् । मेल्लेखबाट साँफेबगरतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९७९ नम्बरको ट्याक्टर ग्रामीण सडक खण्डको सुयडी नजिकै दुर्घटना भएको स्थानीयले जनाएका छन् ।

मृत्यु हुनेमा मेल्लेख गाउँपालिका– ७ का ५५ वर्षीय रंग धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी, १५ वर्षीय किशोर जनक धामी र २१ वर्षीय युवक जनक धामी छन्। दुर्घटनामा सोही ठाउँका ४२ वर्षीय लालबहादुर धामी र ४० वर्षीय हंस धामी घाइते भएका छन्।

घाइतेलाई उपचारको लागि बयालपाटा अस्पताल लगिएको अछाम प्रहरीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update