बीपी क्यान्सर अस्पतालकी लेखा अधिकृत कोइराला घुससहित पक्राउ
                            
                            
                                                        
                                                    
                                                                        चितवन: चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइराला घुस रकमसहित पक्राउ परेकी छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले उनलाई आइतबार पक्राउ गरेको हो। टोलीद्ये उनीसँग १ लाख ५० हजार रुपैयाँ नगद र ४ लाख ५० हजार रुपैयाँको चेकसहित पक्राउ गरेको हो।
अख्तियार टोलीले दिएको जानकारी अनुसार कोइराला भरतपुर महानगरपालिका–४ कटहर चोकको एक होटलबाट पक्राउ परेका हुन्।
औषधि आपूर्तिकर्तालाई रकम भुक्तानी दिएबापत कोइरालाले घुस मागेको र आइतबार आपूर्तिकर्ताबाट घुस रकम लिँदालिँदै उनलाई पक्राउ गरेको अख्तियार हेटौंडाका सूचना अधिकारी गोविन्द प्रसाद गौतम जानकारी दिए।
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    



