खरिद गरेको औषधि वितरण नगरेको आरोपमा प्रशासकीय अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा दायर
                            
                            
                                                        
                                                    
                                                                        काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधि खरिद गरेर वितरण नगरेको आरोपमा सिरहाको नरहा गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर गरेको छ।
आयोगले आर्थिक वर्ष २०७४/७५ मा औषधि खरिदमा भ्रष्टाचार गरेको भन्दै प्रशासकीय अधिकृत भवेशकुमार झा र तत्कालीन लेखापाल सुरेश कुमार कुसियैतविरुद्ध मंगलबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो।
स्वास्थ्य चौकीका लागि निशुल्क वितरण हुने ५७ प्रकारका औषधि खरिद गर्दा भुक्तानी आदेश र जिन्सी दाखिला प्रतिवेदनविनै भुक्तानी दिएको आयोगले दाबी गरेको छ। गाउँपालिकाले खरिद गरेको औषधि ६ लाख २० हजार बराबरको भएको अख्तियारले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असार २६, २०८१
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    



