जुम्लाः जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारी युनियनको अध्यक्ष खगेन्द्र प्रसाद उपाध्यायलाई रजिष्ट्रारले निलम्वनको तयारी गरेका छन् । प्रतिष्ठानको वेथितिलाई सुधार गर्नुपर्ने, कर्मचारीको हक हितको लागि पदाधिकारीले काम गर्नुपर्ने, पदाधिकारी धेरै जसो काठमाण्डौ सम्पर्क कार्यालयमा बस्ने गरेको र कर्मचारीहरुको हकहितका कामहरु नगरेको, पदाधिकारीहरु काठमाण्डौमा वस्दा प्रतिष्ठानको सेवा प्रवाहमा असर परेको भन्दै कर्मचारी युनियनका अध्यक्ष उपाध्यायले सामाजिक संजामा पोष्ट गरेकै भरमा प्रतिष्ठानका उपकुलपति र रजिष्ट्रारको मिलोमत्तोमा नियोजित रुपले निलम्बन गर्ने तयारी गरिरहेका छन् ।
आफु कर्मचारी यूनियनको हैसियतले बेलाबेला प्रतिष्ठान पदाधिकारीलाई जुम्लामै बसि सेवा दिन आग्रह गरी खबरदारी गरेको र कर्मचारीहरुको हकका निमित्त आवाज उठाएकै कारण आफुलाई प्रथम पटकमै अन्तिम पटकका लागि भन्दै स्पष्टिकरण माग गरिएको प्रतिष्ठान कर्मचारी युनियका अध्यक्ष खगेन्द्र प्रसाद उपाध्यायले वताए । उक्त स्पस्टिकरणमा आफुले सामाजिक सञ्जालमा कथाका रुपमा लेखेको र यसबाट कोही कसैलाई चित्त नबुझेको भए माफ पाउँ भन्दै माफि माग्दा समेत जवाफ चित्त नबुझेको भन्दै रजिष्ट्रारले एकलौटि रुपमा प्रतिसोध सादेर निलम्बनको तयारी गरेका छन् उनले भने, प्रतिष्ठानका रजिष्ट्रारले २ बर्ष अगाडी सुल्झी सकेको कुरालाई समेत जोडेर बारम्बार आफुमाथि प्रहार गरेको छन् ।
उनले थपे यदी पुरानो स्पष्टिकरण चित्त बुझेको थिएन भने किन २ बर्ष पछि उक्त कुरा उठाएको हो सो कुरा नै नियम संगत छैन । कर्मचारीको नियमावली को नियम १०४ बमोजिम कुनै पनि कारबाही गर्दा क्रमस कारबाही गर्दै जानु पर्नेमा आफुलाई सिधै नियम १०८ बमोजिम कारबाही गर्न लागेकामा उनको आपत्ति रहेको छ । नियमावलीको नियम १०४ मा सामान्य सजाय, नसिहत दिने, दुई वर्ष सम्म बढुवा रोक्का गर्ने, दुई देखि पाँच वर्ष सम्म बढुवा रोक्का गर्ने वा बढीमा दुई देखि पाँच तलव बृछि सम्म रोक्का गर्ने, प्रावधान भए पनि प्रतिष्ठानले यी कुनै कारबाही नगरी सिधै नियमका १०८ बमोजिम निलम्बन गर्ने प्रक्रिया अगाडीको प्रक्रियामा अपनाउने पत्र काटेकोमा उनले आपत्ति जनाएका छन ।
कार्यकारी परिषदका सम्पूर्ण सदस्यहरुलाई न्यायको माग गर्दै पत्रचार गरेको कर्मचारी युनियनका अध्यक्ष उपाध्याले वताए । न्यायको प्रत्याभुत नहुने अबस्था आएमा आफु कानुनी उपचारमा लाग्ने समेत बताएका छन । यस सम्बन्धमा प्रतिष्ठानका उपकुलपति डा.मंगल रावललाई बुझ्दा यो नितान्त प्रशासनीक कुरा भएको हुँदा यसबारे आफुलाई थाहाँ नहुने बताएका छन । प्रतिष्ठाको हित विपरित सामाजिक सञ्जालमा लेखेको भन्दै कार्वाही गरेरै छोड्ने प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले वताए । कर्मचारीको हकहितमा आवाज उठाउदा कार्वाही गर्ने पदाधिकारीको तानाशाह प्रबृद्धिको प्रतिष्ठानका अन्य संघ संगठनले पनि विरोध गरि विज्ञप्ती जारी गरेका छन् ।
यदी नियम १०८ बमोजिम कारबाही गर्नु पर्यो भने पनि कार्यकारी परिषदले गर्नु पर्ने प्रावधान छ । ब्यक्तिगत रुपमा कुनै ब्यक्तिले जवाफ चित्त नबुझाउने भन्दा पनि कार्यकारी परिषदमा लिई छलफल पश्चात निलम्बनको प्रक्रियामा जानु पर्ने ब्यस्थालाई मिचि कार्वाहीको तयारी भैरहेको छ ।
यस अघि हालका उपकुलपति डा.मंगल रावल आफु प्रतिष्ठानमा चिकित्सकको रुपमा कार्यरत हुदा उपकुलपति लगायत पदाधिकारीलाई पटक पटक सामाजिक सञ्जालमा विरोध गर्ने गरेका थिए । उपकुलपति प्रतिष्ठानमा नवसेको भन्दै उपकुलपतिको निवासमा ताला फुटाएर आफै वसेका थिए । आफु कर्मचारी हुदा पदाधिकारीको ब्यापक विरोध गरेका डा. रावल पदाधिकारी भएपछि आफ्नो विरुद्धमा कसैलाई पनि वोल्न दिदैनन् वोल्योकी कार्वाही गरिहाल्छन् । त्यसैको उदाहरण पदाधिकारीले कर्मचारी र प्रतिष्ठानको हितमा काम गर्नुपर्ने आवाज उठाउदा कर्मचारी युनियनका अध्यक्षलाई निलम्वनको तयारी गरेका छन् ।
यस्ता थिए उपकुलपति डा. मंगल रावलले आफु कर्मचारी हुँदा लेखेका फेसबुक  स्टाटसहरु 






