Swasthya Awaj
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण, नेपाल सरकारलाई जनशक्ति ब्यबस्थापनमा ध्यान दिन बिज्ञको सुझाव

काठमाण्डौः अन्तराष्ट्रिय मिडवाइफ दिवसको अवसर पारेर मिडवाइफ्री सोसाइटी अफ नेपालले आयोजना गरेको छलफल कार्यक्रममा मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण हुने विज्ञहरुले बताएका छन् ।

कार्यक्रममा बोल्दै सोसाइटीकी अध्यक्ष प्राध्यापक गोमा निरौलाले सम्मानजनक प्रसुती तथा मातृ र नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण हुने भन्दै मिडवाइफ्री शिक्षा तथा जनशक्तिमा ध्यान दिन पर्नेमा जोड दिइन । उनले मिडवाइफ्री सेवा राम्रो भएका देशमा मातृ मृत्युदर असाध्यै कम भएको भन्दै नेपालमा पनि यसम ध्यान दिन सके धेरै आमा र बच्चाको ज्यान जोगाउन सकिने बताइन ।

आमा र बच्चाको लागि स्थानीय निकायका गाउँगाउँसम्म पीसीएल मिडवाइफ पठाउन आवश्यक रहेको र गाउँमा मिडवाइफ पठाउन सके धेरै हदसम्म मातृ मृत्युदर कम गर्न सकिने बताइएको छ । यसैगरी कार्यक्रममा सोसाइटीकी पूर्व अध्यक्ष किरण बज्राचार्यले मिडवाइफले प्रदान गर्ने सेवाको प्रकृतीले गर्दा पर्यावरण मैत्री हुनुपर्ने बताएकी छन ।  

नेपालमा सन् २०१६ देखि मिडवाइफ्री शिक्षा सुरु भएको हो । त्यसयता ६६ जना मिडवाइफले लाइसेन्स लिइसकेका छन् । तर सरकारले मिडवाइफको दरवन्दी खुला नगर्दा उनीहरु सरकारी तहमा मिडवाइफका रुपमा प्रवेश गर्न पाएका छैनन् । नेपालमा हाल आएर मिडवाइफ अध्ययन गर्ने जनशक्तिको कमि आउन थालेको छ । लोक सेवा आयोगको दरबन्दी नभई बिज्ञापन नहुने भएकोले यसको महत्व महशुस गर्न छाडेकोले नेपाल सरकार र सम्बन्धित निकायलाई यस तर्फ ध्यान दिन बिज्ञले सुझाव दिएका छन । 

नेपालमा प्रति लाख जिवित जन्ममा १५१ जना महिलाको मृत्यु हुने गरेको छ। यस मृत्युदरलाई घटाउन मिडवाइफको महत्वपूर्ण भुमिका रहने बताइन्छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ०८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update