Swasthya Awaj
गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियूक्त
TB

पोखराः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीमा सीता सुन्दासलाई नियूक्त गरेको हुन । सुन्दासले सोमबार प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ लिएकी हुन् । 

नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने सुन्दास २०७९ सालको प्रदेश सभा निर्वाचनमा स्याङ्जा क्षेत्र नम्बर १ क बाट निर्वाचित भएकी थिइन् । गत साल पनि खजराज मुख्यमन्त्री बन्दा सुन्दासले मन्त्री बन्ने अवसर पाएकी थिइन् । त्यतिबेला उनले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएकी थिइन् । 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  २०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update