Swasthya Awaj
बागमती प्रदेशमा चालु आर्थिक बर्षको नौ महिनाको ११ हजार डेङ्गु सङ्क्रमित, जनचेतना कार्यक्रम अगाडी बढाउन बिज्ञको सुझाव

काठमाण्डौः बागमती प्रदेशमा चालु आर्थिक वर्षको पछिल्लो नौ महिनाको अवधिमा ११ हजार भन्दा बढी डेङ्गु सङ्क्रमित फेला परेका छन् । चालु आर्थिक वर्ष २०८०/८१ को साउन देखि हालसम्म ११ हजार ४ सय ९ जना नयाँ डेङ्गु सङ्क्रमित फेला परेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सबैभन्दा बढी धादिङमा ३ हजार ५ सय १ र सबैभन्दा कम रसुवामा २ जना नयाँ डेङ्गु सङ्क्रमित भएको स्वास्थ्य निर्देशानलयका स्रोत व्यक्ति उत्तमप्रसाद प्याकुरेलले जानकारी दिनुभयो । उनका अनुसार यस अवधिमा काठमाडौँमा ३ हजार, चितवनमा १ हजार ७ सय ८, मकवानपुरमा ८ सय ५७, भक्तपुरमा ४ सय ९४, काभ्रेपलाञ्चोकमा १ सय ६७, नुवाकोटमा ८१, दोलखामा ७९, रामेछापमा २७, सिन्धुपालञ्चोकमा ३२ र सिन्धुलीमा २३ जना नयाँ डेङ्गु सङ्क्रमित फेला परेका छन् ।

डेङ्गु सङ्क्रमणबाट हालसम्म मकवानपुरमा १ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । गर्मी मौसम सुरु भएसँगै डेङ्गु सङ्क्रमित अझै बढ्न सक्ने भएकाले जनचेतनामूलक सन्देश प्रवाहसँगै प्रदेशभर लामखुट्टे लार्भा खोज्ने र नष्ट गर्ने अभियान सुरु गर्न लागिएको स्वास्थ्य निर्देशानलयले जानकारी दिएको छ । साथै बिज्ञहरुले जनचेतनाका कार्यक्रमहरु अगाडी बढाउनु पर्ने सुझाव समेत दिएका छन 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  २१:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update