Swasthya Awaj
एक्शन नेपाल र युनियन फर इन्टरनेशनल क्यान्सर कन्ट्रोलसँग बैंगलोरस्थित एचसीजी क्यान्सर अस्पतालको सहकार्य, नेपाली बिरामीलाई राहत

काठमाडौँः एक्शन नेपाल र युनियन फर इन्टरनेशनल क्यान्सर कन्ट्रोलसँग बैंगलोरस्थित एचसीजी क्यान्सर अस्पतालले क्यान्सर नियन्त्रणका लागि सहकार्य गर्ने भएको छ । एचसीजीद्वारा आयोजित एक कार्यक्रममा सहकार्य गर्न लागेको र उक्त सहकार्यबाट नेपालमा विश्वस्तरीय क्यान्सर उपचार, रोकथाम, पुनःस्थापना, हेरचाहमा पहुँच सुधार गर्न मद्दत गर्ने बताईएको छ ।

सहकार्यसँगै नेपालभर निःशुल्क क्यान्सर जाँच शिविर, नियमित रूपमा वैज्ञानिक सेमिनार र चिकित्सा शिक्षा सञ्चालन, नेपालका चिकित्सकलाई क्षमता अभिबृद्धि तालिम प्रदान गर्न सहयोग मिल्नेछ । साथै देशमा अत्याधुनिक क्यान्सर शल्यक्रिया सेवा सहित क्यान्सर रोगीका लागि प्रारम्भिक निदान र उपचार प्रोटोकल प्रदान गर्नेछ ।

नेपाल सरकारले एचसीजीका सर्जनलाई नेपालभरका विभिन्न अस्पतालमा अत्याधुनिक शल्यक्रिया गर्न अनुमति दिएकाले प्रोत्साहन प्राप्त भएको र सहकार्यबाट नेपालका क्यान्सरपीडित नागरिकका लागि अन्तर्राष्ट्रियस्तरीय क्यान्सरको रोग सम्बन्धी उपचार सेवा पहुँच योग्य बनाउन अवसर प्राप्त हुनेछ ।

क्यान्सरको पहिचान गरी प्रारम्भिक चरणमै उपचार गर्नाले जीवन परिवर्तन गर्न सक्ने विषयको प्रचार प्रसार तथा जटिल केसमा थप अनुसन्धान गर्न नेतृत्व गर्न समेत सहकार्यबाट सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

एचसीजी क्यान्सर अस्पतालले स्थापना देखि नै उपचारमा परिणाम देखिने गरी काम गर्दै आएको छ । त्यसबाट बिरामीलाई दीर्घजीवन र खुशी जीवन प्राप्त गर्न मद्दत गरेको छ ।अस्पताल सबै क्यान्सरको निदान र उपचारका लागि विश्वको नवीनतम प्रविधिले सुसज्जित रहेको निर्देशक डा रावले बताउनुभयो ।

एक्सन नेपाल सन् २०१३ मा नेपालमा सुर्ती नियन्त्रणको अभियानलाई अगाडि बढाउने प्राथमिक लक्ष्यका साथ स्थापना भएको गैरसरकारी संस्था हो । एक्सन नेपालले नेपाललाई धुमपानमुक्त राष्ट्र बनाउने परिकल्पना गरेको छ । उक्त संस्थाले विद्यमान सुर्ती नियन्त्रण कानूनको प्रभावकारी कार्यान्वयन र कार्यान्वयन, प्याकेजिङ नीतिको परिचय र पारित, सुर्तीजन्य पदार्थमा कम्तीमा ७५ प्रतिशत करको वकालत, धुमपानरहित कानूनको पालना, प्रतिबन्ध र बिक्री प्रतिबन्धलगाउन कार्यमा सहयोग पु¥याउँदै आएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ०८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update