Swasthya Awaj
बढ्दै गएको वायु प्रदूषणले बालबालिका तथा महिलाको स्वास्थ्यमा गम्भिर समस्याको जोखिम

काठमाडौँः सेभ द चिल्ड्रेनले गरेको एक अध्ययन अनुसार वायु प्रदूषणका कारण दम, फोक्सो तथा श्वासप्रश्वास, खोकी, छालालगायत स्वास्थ्य सम्बन्धी विभिन्न समस्या देखापरेका छन् । वायु प्रदूषणले बालबालिका तथा महिलामा विभिन्न स्वास्थ्य सम्बन्धी जोखिम बढाएको उक्त अध्ययनले देखाएको छ । 

बालबालिकाको वृत्तिविकासमा प्रतिकूल असर पर्नुका साथै गर्भावस्थामा रहेका महिलाको स्वास्थ्यमा समस्या र औसत आयु समेत खस्किने गरेको देखिएको उक्त प्रतिवेदनमा उल्लेख छ ।  सेभ द चिल्ड्रेनका अनुसार नेपालको वायु प्रदूषण अतिप्रभावित जिल्लाहरूमध्ये काठमाडौँ र सप्तरीमा यो अध्ययन गरिएको बताइएको छ ।

अध्ययनले विद्यमान विकास अवधारणाले वायु प्रदूषणका हानी कारक प्रभावबारे ख्याल नगर्ने पाइएकाले महिला, बालबालिका, तथा न्यून प्रतिनिधित्व भएका समूहका जीवनका भोगाइलाई समेत ध्यानदिन जरूरी रहेको उनको भनाइ थियो । 

प्रतिवेदनले बालबालिकाका समग्रहितको लागि मजबुत नीतिगत व्यवस्थाको आवश्यकता औल्याएको छ भने त्यस्ता नीतिबारे जनस्तरमा सचेतना फैलाउन र पर्यावरणीय समस्याहरुको सम्बोधन गर्नु पर्नेमा जोड दिएको छ ।

वायु प्रदुषणले गर्दा हुने असरका बारेमा आम जनसमुदायमा चेतना नहुनुले पनि स्वास्थ्य गम्भिर असर परि रहेको देखिएको भन्दै नेपाल सरकारले जनचेतनाका कार्यक्रमहरु अगाडी बढाउनु पर्ने बिज्ञको राय छ । 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ०८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update