सुदुरपश्चिमका दुई चिकित्सक सहित तीन जनाको एघारौं तहमा बढुवा
                            
                            
                                                        
                                                    
                                                                        सुदूरपश्चिम प्रदेशमा दुई चिकित्सक सहित तीन जनाको दशौं तहका कर्मचारीको एघारौं तहमा बढुवा भएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयस्थित बढुवा समितिको सूचनाअनुसार रिक्त पदहरुका लागि योग्य उम्मेदवारको बढुवा गरिएको हो। जसमा स्वास्थ्यका २ चिकित्सक र एक कर्मचारी गरी ३ जनाको बढुवा भएको हो।

 
जसमध्ये सेती प्रादेशिक अस्पतालका निमित्त मेसु डा. शेरबहादुर कमर, सेती अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. खगेन्द्रराज भट्ट र स्वास्थ्य तालिम केन्द्रका प्रमुख नरेन्द्रसिंह कार्की रहेका छन्।
लोक सेवा आयोगले उनीहरुलाई बढुवा सिफारिस गरेको थियो। दशौ तहका उनीहरु एघारौं तह (सहसचिव) स्तरमा बढुवा भएका हुन्।
प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    



