Swasthya Awaj
स्वास्थ्य संस्था नवीकरण गर्न स्वास्थ्य कार्यालय रुपन्देहीको आग्रह

रुपन्देही: स्वास्थ्य कार्यालय रुपन्देहीले जिल्ला भित्र रहेका डेन्टल क्लिनिक, स्वास्थ्य क्लिनिक, पोलि क्लिनिक र फिजियोथेरापी सेवाको नियमित निवारक गर्न अनुरोध गरेको छ । कार्यालयले बैशाख १० गते पहिलो पटक सूचना प्रकाशित गरी ३५ दिने सूचना जारी गरी नविकरण तथा स्थापनाको लागि आग्रह गरेको हो ।

लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको स्वास्थ्य संस्था स्थापना, संचालन, नवीकरण तथा स्तरोन्नति नियमावली २०७७ (पाचौं संशोधन सहित) बमोजिम रुपन्देही जिल्ला भित्र रहेका डेन्टल क्लिनिक, स्वास्थ्य क्लिनिक, पोलि क्लिनिक र फिजियोथेरापी सेवाको स्थापना, संचालन अनुमति प्रदान तथा नवीकरण स्वास्थ्य कार्यालयले गर्ने स्वास्थ्य संस्थाहरुले सूचना प्रकाशन भएको मितिले ३५ दिन भित्र यस कार्यालयमा निवेदन पेश अनुरोध गरिएको स्वाथ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले जानकारी दिए ।

विना दर्ता, नविकरण नभएका स्वाथ्य संस्था अनुगमनको क्रममा पाइएमा कानून बमोजिम आवश्यक कारवाही प्रक्रिया समेत अगाडी बढाइने कार्यालय प्रमुख ढकालको भनाई छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  ०९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update