Swasthya Awaj
गाईबाट मानिसमा सर्‍यो बर्ड फ्लू, काँचो दूधमा धेरै भाइरस

काठमाण्डौः कच्चा दूधमा बर्ड फ्लूको भाइरस भेटिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जानकारी दिएको छ । कीटाणुमुक्त बनाउनका लागि पाश्चराइजेसन नगरिएको दूधमा एच५एन१(H5N1) भाइरस भेटिएको डब्लुएचओले जनाएको छ ।

डब्लुएचओका अनुसार अमेरिकाको टेक्सास राज्यमा गाई फार्मको सम्पर्कमा आएका व्यक्तिमा  एच५एन१ भाइरस संक्रमण रहेको पुष्टि ३ साताअघि नै भएको थियो ।  २८ मार्चमा १८ वर्षीय व्यक्तिमा आरटी–पिसिआर परीक्षण गर्दा पोजेटिभ देखियो । ती व्यक्तिमा आँखा सुन्निने बाहेक अन्य समस्या थिएन । उनको सम्पर्कमा आएका अन्य व्यक्तिमा परीक्षण गर्दा संक्रमण देखिएन । 

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र(सीडीसी) का अनुसार २९ राज्यमा पशु तथा पंक्षीमा यो भाइसर संक्रमण भएको छ । चराका साथै जमिन र समुँद्रका स्तनधारीम समेत बर्ड फ्लू भाइसर देखिएको छ । 

गाईबाट मानिसमा यो भाइरस सरेको पहिलो घटना भएको डब्लुएचओ ग्लोबल इन्फ्लूएन्जा कार्यक्रममा प्रमुख डा.वेनक्यिुङ झाङले बताएका छन् । 

डा झाङका अनुसार संक्रमित गाईको काँचो दूधमा भाइरसको मात्रा धेरै रहेको देखिएको छ । दूधमा भाइरस कति समयसम्म बाँच्न सक्छन् भनेर विज्ञहरूले अनुसन्धान गरिरहेको झाङले बताएका छन् । 

दूधबाट भाइसर सर्छ भन्नेमा धेरै चिन्ता गर्न आवश्यक नभएको झाङको भनाइ छ । यसले दूधको व्यवसायमा असर नगर्ने पनि उनले बताए । संक्रमित पशुको दूध विक्री नगर्ने र बिक्री भएको खण्डमा पनि उमालेर तथा पाश्चराइजेशन गर्दा भाइरस मर्छ । 

शुद्ध बनाइएको दूध र दूग्ध उत्पादन मात्रै प्रयोग गर्नुपर्नेमा झाङको जोड छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update