Swasthya Awaj
उपचारका क्रममा ज्यान गुमाएकी युवतीको शव ६ दिनदेखि अस्पतालमा

काठमाडौं- कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा ज्यान गुमाएकी युवतीको शव अझै अस्पतालमै रहेको छ। अस्पतालबाट उपचारका क्रममा त्रुटि हुँदा मृत्यु भएको भन्दै परिवारले शव बुझ्न नमानेपछि दैलेखकी भीमा गुरुङ बलामीको शव ६ दिनदेखि अस्पतालमै थन्किएको छ।

दैलेखको आठबीसकोट नगरपालिका ५ पिपलकोटकी २२ वर्षीया भीमा पाठेघर सफा गर्न कर्णाली प्रदेश अस्पताल पुगेकी थिइन्। उपचारको क्रममा उनको चैत २९ गते ज्यान गएको थियो।

भीमाका परिवारले अस्पतालको त्रुटिका कारण  ज्यान गएको बताएका छन्। छोरीको पालनपोषण र शिक्षाको व्यवस्था, परिवारका एक जनालाई रोजगारी तथा गल्ति गर्नेलाई कारबाही नगरेसम्म पोस्टमार्टम गर्न नदिने उनीहरुको अडान छ। पीडित पक्षसँग छलफल भए पनि अहिलेसम्म सहमति हुन नसकेको अस्पतालले बताएको छ।

hams

पीडित परिवार, कर्णाली प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्का तथा प्रशासनको टोलीबीच छलफल भए पनि अहिलेसम्म सहमति हुन नसकेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए।

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  २०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update