Swasthya Awaj
‘औषधि विधेयक-२०८०’ को मस्यौदाप्रति एनपीएको चासो, स्वास्थ्य मन्त्रीलाई बुझायो ज्ञापन पत्र

काठमाडौँ: नेपाल फर्मास्युटिकल एसोसिएसन (एनपीए)ले नेपाल कानून आयोगले तयार गरेको औषधि विधेयक २०८० को मस्यौदा प्रति चासो व्यक्त गरेको छ ।

एनपीएले आज उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई भेटी विधेयकको मस्यौदामा उल्लेखित कतिपय विषयहरुलाई थप घट गर्नु पर्ने भन्दै लिखित सुझाव दिएको छ ।

एनपीएका अध्यक्ष ललितमोहन पन्त, महासचिव सञ्जीव कट्टेलसहितको पदाधिकारी टोलीले मन्त्री यादव आठ पेज लामो सुझाव पत्र पेश गरेको हो ।

एनपीएका सञ्चार सचिव अनिश श्रेष्ठले कानून आयोगले तयार गरि स्वास्थ्य मन्त्रालयमा पठाएको मस्यौदामा दीर्घकालीन असर गर्ने केही कुराहरु रहेको र केही कुराहरु छुटेकोले ती कुरालाई समेटनु पर्ने भन्दै संस्थागत रुपमा लिखित सुझाव दिइएको बताए ।

उनले आजै टोलीले स्वास्थ्य सचिव मधुसुदन बुर्लाकोटी, कानून उपसचिव गोपीकृष्ण रेग्मी लगायतलाई भेटि ध्यानाकर्षण पत्र बुझाएको बताए ।

यस्तो छ सुझाव: सुझाव हेर्नका लागि यहाँ क्लिक गर्नु होस । 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  ०८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update