Swasthya Awaj
लाइफलाइन अस्पतालको डायलाइसिस भवनमा आगलागी हुँदा सेवा बन्द ।

दमक– झापाको दमकस्थित लाइफलाइन अस्पताल नजिक मङ्गलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ ।अस्पताल नजिक रहेको प्रेमबहादुर धिमालको घरबाट सल्केको आगो अन्य तीन घरमा फैलिँदा उक्त क्षति भएको हो । 

प्रहरी कार्यालय झापाका अनुसार धिमालको घरबाट सुरु भएको आगो अस्पतालको डायलाइसिस गराउने भवनमा फैलदा अस्पतालका उपकरण र अन्य सामाग्री नष्ट भएका छन् ।

अस्पतालका अध्यक्ष डा मुक्तिनाथ भट्टराईले  डायलाइसिस मेसिन काम नलाग्ने भएकाले अस्पतालको डायलाइसिस सेवा पूर्ण बन्द भएको बताए।

दमक नगरपालिका, कमल गाउँपालिका, पथरीशनिश्चरे नगरपालिका, उर्लाबारी नगरपालिकालगायत स्थानीय निकायका छ वटा वारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयको सहयोगमा आगो निभाइएको थियो । 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update