Swasthya Awaj
नेशनल मेडिकल कलेजमा छापा : एमडी र ल्याब प्रमुख पक्राउ

वीरगञ्ज: वीरगञ्जस्थित नेसनल मेडिकल कलेजका प्रबन्ध निर्देशक (एमडी) सहनवाज अन्सारी पक्राउ परेका छन् । म्याद गुज्रेको औषधि र केमिकल प्रयोग गरेको आरोपमा उनलाई पर्सा प्रहरीले पक्राउ गरेको हो ।

पर्सा प्रहरी, वीरगञ्ज नगरपालिका र औषधि व्यवस्था विभागको संयुक्त टोलीले नेसनल मेडिकल कलेजमा छापा हानेको प्रहरीले जनाएको छ । एमडी अन्सारी र ल्याब प्रमुख सञ्जय साहलाई म्याद गुज्रिएको औषधिसहित पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो ।

पर्सा प्रहरी प्रमुख एसपी कुमोध ढुंगेल गएपछि सक्रियता ह्वात्तै बढेको छ । नेसनल मेडिकल कलेजमा यस्ता कार्य हुँदै आए पनि प्रहरीले आँखा चिम्लिने काम गरेको आरोप लाग्दै आएको थियो ।  सोमबार भने पर्सा प्रहरीले म्याद गुज्रिएको औषधिसहित एमडी अन्सारी र ल्याब प्रमुख साहलाई नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update