Swasthya Awaj
रामराजा सिंह प्रतिष्ठानको अध्यक्षमा डा पशुपति चौधरी, बीपी प्रतिष्ठानको सदस्यमा डा कार्की ज्ञानेन्द्र कार्की नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं: मन्त्री परिषद्को बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा रामराजा सिंह स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानको पूर्वाधार तथा विकास समितिको अध्यक्ष पदमा सप्तरी निवासी प्रा.डा.पशुपति चौधरी र सदस्य पदमा सिराहा निवासी वीरेन्द्रप्रसाद यादवलाई नियुक्त गर्ने निर्णय गरेको छ। 

PM-office-Nepal-1712230418.jpeg
यसैगरी गरी बीपी कोइराला स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानको सदस्य पदमा झापा निवासी डा. ज्ञानेन्द्र सिंह कार्कीलाई नियुक्त गर्ने निर्णय भएको छ। 

यस्तै कानुन, न्याय तथा स‌ंसदीय मामिला मन्त्रालयकाे प्रस्तावमा श्रम अदालतको मुकाम काठमाडौं उपत्यकामा रहने निर्णय गरेको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले कानुन मन्त्रालयको प्रस्तावमा उक्त निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले बताइन्। 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update