Swasthya Awaj
स्वास्थ्य बीमा कार्यक्रममा २६ नयाँ अस्पताल थप, कुल सेवा बिन्दु ५०२ पुग्यो

काठमाडौँ, २०८२ भाद्र १- स्वास्थ्य बीमा कार्यक्रमलाई अझै व्यापक बनाउन बीमा बोर्डले थप २६ अस्पतालसँग सेवा सम्झौता गरेको छ। आइतबार सम्पन्न सम्झौतापछि अब देशभर स्वास्थ्य बीमा अन्तर्गत सेवा दिने अस्पताल र केन्द्रहरूको संख्या ५०२ पुगेको छ।

सम्झौतामा २२ वटा स्थानीय तहका २६ अस्पताल सामेल भएका छन्। यी अस्पताललाई ‘प्रथम सेवा बिन्दु’का रूपमा परिचालन गरिनेछ। यससँगै प्रथम सेवा बिन्दु बनेका अस्पतालको संख्या ४१७ पुगेको छ भने ८५ वटा प्रेषण केन्द्र जोडिँदा बीमा अन्तर्गतको कुल संख्या ५०२ पुगेको हो।

TB

बीमा बोर्डका अनुसार यस कदमपछि देशभर ३७६ स्थानीय तहमा बीमा सेवा सुलभ हुने भएको छ। बोर्डले यसलाई नागरिकलाई स्वास्थ्य बीमा सहज र पहुँचयोग्य बनाउन गरिएको महत्वपूर्ण प्रगति मानेको छ।

स्वास्थ्य बीमा कार्यक्रम २०७२ सालदेखि लागू भएपनि अझै सबै जिल्लामा विस्तार हुन सकेको छैन। बोर्डले भने क्रमशः सबै पालिका र अस्पताललाई कार्यक्रमभित्र ल्याउने योजना अघि सारेको छ।

सम्झौता भएका २२ स्थानीय तहका २६ अस्पतालहरु


 

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  २२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update