Swasthya Awaj
कपिलवस्तुमा भेटियो हैजाका बिरामी

कपिलवस्तु: कपिलवस्तुमा हैजा संक्रमण पुष्टि भएको छ । कपिलवस्तु नगरपालिका ३ सिकोटवाका एक जना बिरामीमा हैजा संक्रमण पुष्टि भएको हो ।

केही दिन यता गाउँका केही परिवारमा झाडापखाला देखिएको थियो । बिरामीमध्ये दुई जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा हैजा संक्रमण पुष्टि भएको कपिलवस्तु अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. विपिन जयसवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सिकोटवा गाउँमा अहिले स्वास्थ्यकर्मीको विशेष टोली परिचालन गरिएको छ । अस्पतालमा बान्ता तथा झाडापखालाका बिरामीलाई छुट्टै राखेर विशेष उपचार गरिरहेको पनि उहाँले बताउनुभयो । हैजा दूषित खानेपानी तथा सरसफाइ अभावका कारण लाग्ने गर्छ ।

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update