
काठमाडौँ, २०८२ श्रावण २५- निजामति कर्मचारी अस्पताल (सिभिल सर्भिस अस्पताल) का कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीको नियुक्ति प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै अस्पतालका केही कर्मचारीले छानबिन र निलम्बनको माग गरेका छन्।
कर्मचारीहरूले प्रधानमन्त्रीको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रलगायतका निकायमा उजुरी दर्ता गर्दै रेग्मीको नियुक्ति नियम विपरीत भएको दाबी गरेका हुन्। उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्थायी प्राध्यापक रहेका बेला नै सिभिल अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त भएको भन्दै कानूनी प्रक्रिया पालना नगरेको आरोप लगाइएको छ।
उजुरीमा भनिए अनुसार, कार्यकारी निर्देशकका लागि आवेदन दिने क्रममा उनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विभागीय स्वीकृति लिएका थिएनन्, जसका कारण आवेदन नै गैरकानुनी ठहरिने दाबी गरिएको छ।
यस प्रकरणबारे सम्बन्धित निकायहरूले प्रारम्भिक जानकारी संकलन थालेको बताइए पनि औपचारिक छानबिन प्रक्रिया भने सुरु भएको छैन। अस्पतालभित्र यस विषयमा व्यापक चर्चा चुलिएको छ भने कर्मचारीहरू नियुक्ति प्रक्रिया पारदर्शी र नियमसम्मत हुनुपर्नेमा जोड दिइरहेका छन्।
यस्तो छ उजुरीः