Swasthya Awaj
ललितपुरमा पानीको नमुनामा फिकल कोलिफर्म, दूषित पानीबाट जोगिन आग्रह

ललितपुर, २०८२ श्रावण २५- ललितपुर जिल्लामा गरिएको पानीको गुणस्तर परीक्षणमा केही नमुनामा फिकल कोलिफर्म जीवाणु फेला परेको छ। जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. भुवन पौडेलका अनुसार जिल्लाका विभिन्न स्थानबाट संकलन गरिएका २८ पानीका नमुनामध्ये ११ मा फिकल कोलिफर्मको उपस्थिती पुष्टि भएको हो।

परीक्षणका लागि गोदावरी नगरपालिका, महाँकाल गाउँपालिकाको गोटीखेल र पँधेरे खोलाबाट संकलित जार पानीका नमुना प्रयोगशालामा जाँच गरिएको थियो।

TB

फिकल कोलिफर्म मानिसको दिसामा पाइने जीवाणु हो, जसले पानीलाई दूषित बनाउँछ। यस्तो पानी सेवन गर्दा झाडापखाला, हैजा, टाइफाइडलगायतका सरुवा रोग फैलन सक्ने स्वास्थ्य विशेषज्ञको चेतावनी छ।

डा. पौडेलले दूषित पानीबाट स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले पानी उमालेर मात्र पिउन, पानी भण्डारण गर्ने भाँडो सफा राख्न र सफाइमा विशेष ध्यान दिन स्थानीय बासिन्दालाई आग्रह गरेका छन्।

प्रकाशित मिति: आइतबार, साउन २६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update