Swasthya Awaj
कर्णाली राजमार्गमा जिप दुर्घटना: डा. रुबी थापा सहित आठ जना घाइते

कालीकोट, २०८२ साउन २०- कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत-जुम्ला सडकखण्डको कालीकोट खाँडाचक्र नगरपालिका-१ स्थित होटल हिलसाइड नजिक जिप दुर्घटना हुँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (KAHS), जुम्लामा कार्यरत एक चिकित्सकसहित आठ जना घाइते भएका छन्।

दुर्घटनामा परेकी डा. रुबी थापाको दाहिने करङ्गमा चोट लागेको छ। थप उपचारका लागि उहाँलाई हेलिकप्टरमार्फत सुर्खेत  पठाइएको छ। डा. थापा कास्कीको पोखरा महानगरपालिका-२९ निवासी हुन्। प्रदेश अस्पताल सुर्खेतका निमित्त निर्देशक डा. गणेश थापाका अनुसार “उनको अवस्था हाललाई चिन्ताजनक नरहेकाे बताएका छन।”

TB

कर्णाली प्रदेश ०२००१ ज ०६३७ नम्बरको बोलेरो जिप १९ साउनको दिउँसो सुर्खेतबाट जुम्ला जाँदै गर्दा अनियन्त्रित भई सडकबाट करिब १२ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, कालीकोटका प्रमुख डीएसपी टेकबहादुर रावतले जानकारी दिए। घटनास्थल कालीकोट सदरमुकाम मान्मको होटल हिलसाइडको नजिक पर्छ।

अन्य घाइतेहरूको विवरण:

  • धर्मप्रसाद अधिकारी, २५ वर्ष, चालक, सुर्खेत–९, वीरेन्द्रनगर
  • सुनिल ज्ञवाली, ३० वर्ष, सत्यवती–५, गुल्मी
  • अन्जना धामी, २२ वर्ष, नौगाड–२, दार्चुला
  • च्छोत्याङ्ग तामाङ, २६ वर्ष, कार्मारोम–२, मुगु
  • देवेन्द्र अधिकारी, ३५ वर्ष, कोहलपुर–८, बाँके
  • कल्पना नेपाल आचार्य, ४५ वर्ष, माथागढी–१, पाल्पा
  • हिक्मत जिरेल, ३० वर्ष, गौरीशंकर–१, दोलखा

घाइतेहरूलाई तत्काल उद्धार गरी कालीकोटको जिल्ला अस्पताल, मान्ममा भर्ना गरिएको थियाे । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले डा. थापाको अवस्था गम्भीर हुनसक्ने भन्दै हेलिकप्टरमार्फत उद्धार गरी प्रादेशिक अस्पताल, सुर्खेतमा पठाएको हो।

दुर्घटनाको कारण अहिले अनुसन्धान भइरहेकाले विस्तृत विवरण आउन बाँकी छ। प्रहरीले प्रारम्भिक अनुमानमा तीव्र गतिका कारण जिप अनियन्त्रित भएको हुनसक्ने बताएको छ।

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update