Swasthya Awaj
एपोनको नयाँ कार्यसमिति चयन : विप्लव अधिकारीको नेतृत्वमा १३ सदस्यीय टिम

काठमाडौँ, २०८२ साउन १९- नेपाल औषधी उत्पादक संघ (एपोन)ले सोमबार सम्पन्न आफ्नो ३१औँ वार्षिक साधारणसभाबाट विप्लव अधिकारीको अध्यक्षतामा नयाँ १३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ। अध्यक्ष पदमा सर्वसम्मत चयन भएका अधिकारीको नेतृत्वमा कार्यसमितिले पहिलो बैठकमै अन्य पदाधिकारीहरुको जिम्मेवारी तोकेको छ।

नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष महेशप्रसाद प्रधानसहित वरिष्ठ उपाध्यक्षमा प्रभात रुङ्गटा, उपाध्यक्षमा पृथ्वीराज भण्डारी (निजु) रहेका छन्। महासचिवको जिम्मेवारी सन्तोष बरालले पाएका छन् भने सचिवमा गिरिराज पाठक (गणेश), कोषाध्यक्षमा सुमितचन्द्र श्रेष्ठ चयन भएका छन्।

TB

सदस्यहरूमा शैलेश वैद्य, पंकज तिवारी, ईश्वर भण्डारी, शरदचन्द्र ओझा, सजलराज रेग्मी र प्रवन दाहाल रहेका छन्।

अध्यक्ष पदमा सर्वसम्मत चयन भएपछि सदस्य पदमा पनि सर्वसम्मत निर्णयमार्फत कार्यसमिति गठन गरिएको एपोनले जनाएको छ।

निर्वाचित ११ सदस्यबाट वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष पदमा मनोनयन गरिएको हो।

नयाँ नेतृत्वले औषधि उत्पादन क्षेत्रमा देखिएका चुनौती समाधान र स्वदेशी उत्पादन प्रवर्द्धनमा काम गर्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  २२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update