प्रोत्साहन भत्ता नपाए ‘इमर्जेन्सी’ बाहेकका सेवा बन्द गर्ने चिकित्सकहरूको चेतावनी
बुधबार, असार २६, २०८१
“युनोप्स” सँग भएको स्वास्थ्य सामग्री खरिद सम्झौतामा अख्तियारले छानविन थाल्यो
बुधबार, असार २६, २०८१
करोडौं रकम भ्रष्ट्राचार गर्ने गरी “युनोप्स”सँग भएको खरिद सम्झौतामा अख्तियारले छानविन अगाडि बढाएको छ । कोरोना महामारीको समय देखाएर सरकारी निकायबाट अत्यावश्यक स्वास्थ्य सामग्री खरिद नगरेर सरकारी अधिकारीले बिना प्रतिस्पर्धा सिधै “युनोप्स” लाई दिएका थिए ।
करोडौंका मेसिन थन्काएर अर्को मेसिन ल्याउन लागेको भन्दै रेडक्रसविरुद्द अख्तियारमा उजुरी
बुधबार, असार २६, २०८१
दुर्गम क्षेत्रमा आँखा उपचारको पहुँच बढाउन टेलिअफ्थाल्मोलोजी’ परियोजना कार्यान्वयनमा
बुधबार, असार २६, २०८१
नेपाल नेत्रज्योति सङ्घले नूर दुबई फाउण्डेशनको आर्थिक एवं प्राविधिक सहयोगमा ‘टेलिअफ्थाल्मोलोजी’ परियोजना सुरुआत गरेको छ । सो परियोजनाले ‘टेलिअफ्थाल्मोलोजी’मार्फत नेपालको दुर्गम क्षेत्रका वासिन्दामा आँखा उपचारको पहुँच बढाउने लक्ष्य लिएको छ । तीन वर्षका अवधिमा सङ्घअन्तर्गतका १५ केन्द्रमार्फत परियोजनाले प्राथमिक हेरचाह, विशेषज्ञ परामर्श र तालिमसमेत प्रवाह गर्ने मङ्गलबार आयोजित कार्यक्रममा जानकारी...
स्वास्थ्य क्षेत्रमा आवश्यक दरबन्दीको तत्काल व्यवस्था गर्न पूर्वमन्त्री खानको माग
बुधबार, असार २६, २०८१
जनमत पार्टीका सांसद एवं पूर्वमन्त्री अब्दुल खानले शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् । संविधानले मौलिक हकको रुपमा व्यवस्था गरेको शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या सरकारले तत्काल समाधान गर्नुपर्ने उनले बताएका हुन् ।
बर्दिवास मेडिकल कलेजको प्रक्रियाले गति लिएपछि उत्साह
बुधबार, असार २६, २०८१
आफ्नो ठाउँमा मेडिकल कलेजको निर्माण प्रक्रियाले गति लिएपछि बर्दिवास नगरपालिका क्षेत्रमा उत्साह छाएको छ । बर्दिवास मेडिकल कलेजको भौतिकपूर्वाधार निर्माण प्रक्रिया एकपछि अर्को चरणमा अघि बढेपछि यहाँ उत्साह छाएको हो ।
‘एन्टि स्नेक भेनम’ उत्पादन गर्ने भन्दै अनियमितता गरेका प्रतिष्ठानका ‘भ्रष्ट अधिकारी’हरुको सजाय तोकियो
बुधबार, असार २६, २०८१
विशेष अदालतले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचार प्रकरणमा ५ जनालाई कैद तथा जरिवाना सजाय सुनाएको छ । दोषी ठहर गरेर कैद सजाय तोक्न मङ्गलवार बसेको इजलासले मधेस प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवलाई ९ वर्ष १ महिना कैद र २ करोड ३५ लाख जरिवाना र बिगोको...
खरिद गरेको औषधि वितरण नगरेको आरोपमा प्रशासकीय अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा दायर
बुधबार, असार २६, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधि खरिद गरेर वितरण नगरेको आरोपमा सिरहाको नरहा गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर गरेको छ।
स्वास्थ्य बीमाको कार्यक्रमका लागि कर्मचारी विदेश पठाउने विषयमा फेरी लफडा, बोर्डका निर्देशकले लेखे स्वास्थ्य सचिवलाई पत्र
मंगलबार, असार २५, २०८१
स्वास्थ्य बीमा कार्यक्रमका लागि कर्मचारी विदेश पठाउने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य बीमा बोर्डबीच फेरी लफडा भएको छ । दक्षिण कोरियामा आगामी २५ अगष्ट देखि ७ सेप्टेम्बर सम्म हुन लागेको स्वास्थ्य बीमा बोर्डको क्षमता विकास सम्वन्धि कार्यक्रममा भाग लिन बीमासंग असम्वन्धि व्यक्ति छनौट गरेको भन्दै बोर्ड मन्त्रालयसंग रुष्ट...
कोरोना भाइरसविरुद्धका १६ लाख ६८ हजार मात्रा खोप आयो
मंगलबार, असार २५, २०८१
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ नामक १६ लाख ६८ हजार चार सय ८० मात्रा खोप ल्याएको जनाएको छ।
एक वर्षदेखि रोकिएको स्थानीय तहका स्वास्थ्यकर्मीको तलब निकासा
सोमबार, असार २४, २०८१
लामो समयदेखि तलब भत्ता नपाएका २ सय ३९ स्थानीय तहका स्वास्थ्यकर्मीको तलब भत्ता निकासा भएको छ । आइतबार संघीय स्वास्थ्य तथा स्वास्थ्यसमाचारजनसंख्या मन्त्रालयले २ सय ३९ स्थानीय तहका स्वास्थ्यका कर्मचारीको रकम निकासा गरेको हो ।
स्वास्थ्य संस्थामा मृत्युदर न्यून गर्न स्वास्थ्यकर्मीलाई तालिम
सोमबार, असार २४, २०८१
स्वास्थ्य संस्थामा मृत्युदर न्यून गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ‘आकस्मिक आधारभूत स्वास्थ्य सेवा’ सम्बन्धी तालिम प्रदान गरिएको छ । प्रभावकारी स्वास्थ्य सेवा व्यवस्थापन गरी स्वास्थ्य संस्थामा मृत्युदर घटाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गत १२ जिल्लाका २४ जना अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलाई पाँच दिने तालिम प्रदान गरेको हो...
साताको लोकप्रीय

