Swasthya Awaj
२२ बुदे मागको  सम्बोधननै नगरी भागे उपकुलपति रावल
२२ बुदे मागको सम्बोधननै नगरी भागे उपकुलपति रावल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला भित्र रहेका तमाम विकृति विरुद्ध ध्यानाकर्षण गराउदै नेपाल दरुण दल जुम्ला र नेपाल विद्यार्थी संघ जुम्लाले उपकुलपति डा.मंगल रावललाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापन पत्रलाई वेवास्था गर्दै उपकुलपति रावल मंगलवार विहानै जिल्ला छोडि भागेका छन् । प्रतिष्ठानको सेवा प्रवाह र सेवा सुविधाका विषयमा ध्यानाकर्षण गरिएको...
लुम्बिनीका मेसु डा. ढकाललाई काम नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
लुम्बिनीका मेसु डा. ढकाललाई काम नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश सर्वोच्च अदालतले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकाललाई काम नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । एक महिना अघि जेठ १८ गते लुम्बिनी प्रदेश सरकारको निर्णयबाट मेसुमा नियुक्त भएका ढकाललाई अस्पतालमै कार्यरत अर्का डाक्टर विष्णु गौतमको निवेदनमा सर्वोच्चले काममा नलगाउने अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
मणिपाल अस्पताललाई २० करोड राजस्व छुट दिएको भन्दै पोखरा महानगरमा अख्तियारको छापा
मणिपाल अस्पताललाई २० करोड राजस्व छुट दिएको भन्दै पोखरा महानगरमा अख्तियारको छापा पोखराको मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै पोखरा महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । आयोगको टोलीले मंगलबार महानगरपालिकाको कार्यालयमा छापा मारेको हो ।
आफ्नो पहिलो पत्रकार सम्मेलन नसकिदै सत्ता गठबन्धनको खटपट बाहिरिएपछि स्वास्थ्य मन्त्री यादवले के भने ?
आफ्नो पहिलो पत्रकार सम्मेलन नसकिदै सत्ता गठबन्धनको खटपट बाहिरिएपछि स्वास्थ्य मन्त्री यादवले के भने ? स्वास्थ्य मन्त्रालयमा पदवहाली गरेको ४७ औँ दिनमा पहिलो पटक स्वास्थ्य पत्रकारसंग अन्तरक्रिया गरेका स्वास्थ्य मन्त्री प्रदीप यादवले आफ्नो सम्वोधनको अन्त्यतिर भनेका थिए,  ‘साउन महिना कट्न दिनुहोस बैद्यखाना कस्तो हुन्छ थाहा पाउनु हुन्छ । उनको संकेत थियो, एक महिना पछि बैद्यखानामा निकै नै सुधार हुन्छ ।’
धेरै वर्षा भएपछि प्रादेशिक अस्पताल डुबानमा
धेरै वर्षा भएपछि प्रादेशिक अस्पताल डुबानमा अबिरल वर्षाका कारण जनकपुरस्थित प्रादेशिक अस्पताल डुबानमा परेको छ । सोमबार राति र मंगलबार बिहानको वर्षाले अस्पतालको प्रादेशिक अस्पताल जनकपुरको स्टोर शाखा डुबानमा परेको अस्पताल स्टोर शाखाका इन्चार्ज भैरव राउतले जानकारी दिएको छन् । 
भारत लैजाँदै गरेको पौने ३ करोड बराबरको विद्युतीय चुरोट बरामद
भारत लैजाँदै गरेको पौने ३ करोड बराबरको विद्युतीय चुरोट बरामद मकवानपुर प्रहरीले ठूलो मात्रमा अवैध विद्युतीय चुरोट अर्थात भेप बरामद गरेको छ। बिहीबार बेलुका हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित सडकमा अवैध भेप बरामद गरिएको प्रहरीको भनाइ छ । 
योगलाई आधुनिक जीवनशैलीका दूष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गरौँः प्रधानमन्त्री
योगलाई आधुनिक जीवनशैलीका दूष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गरौँः प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग र साधनालाई शिक्षा, जीवन र व्यवहारमा जोड्दै आधुनिक जीवनशैलीका दूष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गर्न आवश्यक रहेको बताउनुभएको छ । दसौँ विश्व योग दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै योगाभ्यासलाई जीवनको अभिन्न क्रियाकलापका रूपमा अवलम्बन गरी स्वथ्य जीवनयापनको मार्गमा अघि बढ्न आह्वान गर्नुभयो...
ठुलो संख्यामा स्थायी कर्मचारीको पदपूर्ति गर्न पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले गर्यो बिज्ञापन
ठुलो संख्यामा स्थायी कर्मचारीको पदपूर्ति गर्न पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले गर्यो बिज्ञापन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले ठूलो संख्यामा स्थायी कर्मचारी नियुक्त, बढुवा तथा आन्तरीक प्रतिष्पर्धाबाट पदपुर्ति गर्नका लागि लोक सेवा आयोगको सहमती लिई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सेवा आयोग मार्फत बिज्ञापन गरेको छ । 
पोलियो खोप लगाउन छुटेका बालबालिकालाई पुनः खोप
पोलियो खोप लगाउन छुटेका बालबालिकालाई पुनः खोप जनस्वास्थ्य कार्यालय काठमाडौँले पोलियोविरुद्धको ‘आइपिभी’ खोप लगाउन छुटेका बालबालिकालाई पुनः लगाउने भएको छ ।गत जेठ १३ देखि २६ गतेसम्म सञ्चालन भएको पोलियोविरुद्धको ‘आइपिभी’ खोप अभियानका क्रममा छुटेका बालबालिकालाई पुनः खोप लगाउन थालिएको कार्यालयका प्रमुख डा अर्जुनप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
स्वास्थ्य बीमा गराउने दर्ता सहयोगी आन्दोलित
स्वास्थ्य बीमा गराउने दर्ता सहयोगी आन्दोलित स्वास्थ्य बीमा गराउने दर्ता सहयोगीहरु आन्दोलित भएका छन् । सरकारले प्रोत्साहन भत्ताको रुपमा दिदै आएको कमिसनको दर बढाउनु पर्ने र प्रोत्साहन भत्तामा आयकर ऐन १५ प्रतिशत काटिने निर्णय फिर्ता गर्नु पर्ने भन्दै आन्दोलित भएका हुन् ।
दैलेखमा सुर्तीजन्य पदार्थ विक्री वितरणमा कडाई गरिने
दैलेखमा सुर्तीजन्य पदार्थ विक्री वितरणमा कडाई गरिने नारायण नगरपालिका दैलेखले अबदेखि सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ विक्री वितरणमा कडाई गर्ने भएको छ ।नारायण नगरपालिकाकी उप मेयर तप्ता थापाले धेरै रोगहरुको कारक तत्व बनेको सुर्तीजन्य पदार्थको सेवनबाट हुने हानीबाट नागरिकलाई जोगाउन अबदेखि सुर्तीजन्य पदार्थको सेवन तथा विक्री वितरणमा कडाई गरिने बताएकी हुन्।
Weather Update