विविध सेवा विस्तार गर्दै गेटा अस्पताल
बिहीबार, साउन २४, २०८१
जिपी कोइराला अस्पतालमा दश शय्याको डेङ्गी वार्ड स्थापना
बुधबार, साउन २३, २०८१
शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा दश शय्याको डेङ्गी वार्ड स्थापना भएको छ ।
आँबुखैरेनी अस्पतालमा शल्यक्रियाकक्ष तयार
सोमबार, साउन २१, २०८१
तनहुँको आँबुखैरेनी अस्पतालमा शल्यक्रियाकक्ष तयार पारिएको छ । विसं २०७९ मङ्सिर १ गतेदेखि आँबुखैरेनी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाइएको थियो । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित सो अस्पतालले छिट्टै शल्यक्रिया सेवा दिने तयारी समेत गरेको छ ।
फैलिरहेको डेंगुलाई मध्यनजर गर्दै सरकारद्धारा ‘लामखुट्टेको बासस्थान खोजी नष्ट’ अभियानका लागि ७ करोडभन्दा बढी रकम विनियोजन
सोमबार, साउन २१, २०८१
सरकारले ‘लामखुट्टेको बासस्थान खोजी नष्ट’ अभियानका लागि ७ करोड ९८ लाख रकम विनियोजन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार स्थानीय तह मार्फत बहु–निकायको सहकार्यमा खोज तथा नष्ट अभियानलाई सञ्चालन गर्न चालु आर्थिक वर्षका लागि स्थानीय तहमा ७ करोड ९८ लाख रकम विनियोजन गरिएको हो ।
देशभर हैजा सङ्क्रमितको सङ्ख्या २७ पुग्यो, ललितपुरमा सबैभन्दा बढी
सोमबार, साउन २१, २०८१
देशभर हैजा सङ्क्रमितको सङ्ख्या २७ पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार मुलुकभर सङ्क्रमितको सङ्ख्या २७ पुगेको हो ।
गोरखा जिल्लामा स्क्रब टाईफसबाट ५० जना सङ्क्रमित
शनिबार, साउन १९, २०८१
गोरखा जिल्लामा स्क्रब टाईफसका ५० जना मानिसहरू सङ्क्रमित भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय गोरखाका अनुसार यो आर्थिक वर्ष यता ५० जनामा स्क्रब टाईफसको संक्रमण पुष्टि भइसकेको छ ।
सिंहदरबारबाट सबैभन्दा नजिक रहेको सरकारी संस्था सिंहदरवार वैद्यखाना परेन राज्यको नजरमा
शनिबार, साउन १९, २०८१
दुरीको हिसावले सिंहदरबार वैद्यखाना प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारबाट सबैभन्दा नजिक रहेको सरकारी संस्था हो । दुरीकै कुरा गर्दा तालुक निकाय रामशाहपथको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पनि सिंहदरबार वैद्यखाना सबै भन्दा छोटो दुरीमा पर्दछ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुर्खेत अस्पतालबीच जुँगाको लडाइले प्रतिष्ठानलाई धक्का
शुक्रबार, साउन १८, २०८१
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रादेशिक अस्पताल सुर्खेत बीचको जुँगाको लडाइले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको भविष्य अन्धकार बन्न सक्ने तर्फ चिन्ता बढेको छ । तत्कालीन समयमा प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री हुँदा बसेको सिनेट बैठकले जुम्ला र सुर्खेत मिलेर प्रतिष्ठान चलाउने निर्णय गरेको थियो ।
स्वास्थ्य बीमा बोर्डमा काजमा आएका शाखा अधिकृत रिजाललाई हटाउन माग गर्दै स्वास्थ्य बीमा बोर्डका कर्मचारीले गरे पेनडाउन
शुक्रबार, साउन १८, २०८१
स्वास्थ्य बीमा बोर्डका कर्मचारीहरुले त्यहाँ कार्यरत शाखा अधिकृत शोभित रिजालबिरुद्ध आन्दोलन छेडेका छन् । उनीहरुले अधिकृत रिजाललाई जिम्मेवारीबाट हटाई काज फिर्ता नगरेसम्म पेन डाउन गर्ने निर्णय गरेका छन् ।
ओम महिला तथा बालबालिका अस्पतालमा सुत्केरीको मृत्यु, अस्पतालले लापरवाही गरेको भन्दै कारबाहीको माग
शुक्रबार, साउन १८, २०८१
तिलोत्तमा–४ ड्राईभरटोलमा रहेको ओम महिला तथा बालबालिका अस्पतालमा सुत्केरीको ज्यान गएको छ ।शान्ती नमुना माविमा अंग्रेजी विषय अध्यापन गर्र्दै आएकी सृजना पौडेलको शरिरमा युरिनको मात्रा फैलिएपछि समयमा नै उपचार नहुँदा मृत्यु भएको हो ।
साताको लोकप्रीय


