Swasthya Awaj
गैरकानुनी रुपमा ब्युटी सलोनबाट दन्त उपचार, डेन्टल एसोसिएसनले गर्‍यो कारबाहीको माग

काठमाडौं, असार १९- काठमाडौंको कलंकी रविभवन क्षेत्रमा अवस्थित एक ब्युटी सलोनले बिना अनुमतिपत्र दन्त चिकित्सा सेवा प्रदान गरिरहेको भन्दै नेपाल डेन्टल एसोसिएसनले गम्भीर आपत्ति जनाएको छ। निर्जरा ब्युटी सलोन नामक सो प्रतिष्ठानले दाँतमा चाँदीजस्ता धातु प्रयोग गरी अवैध उपचार गर्दै आएको विषय सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि डेन्टल एसोसिएसन सक्रिय बनेको हो।

एसोसिएसनका महासचिव डा. प्रदीप भण्डारीले हस्ताक्षर गरेको पत्रमा उल्लेख गरिएको छ कि उक्त सलोनले टिकटकमार्फत दाँतको सौन्दर्यसम्बन्धी कार्य ९जस्तैः चाँदी वा अन्य धातु टाँस्नेको प्रचार गर्दै आएको छ, जुन पूर्णतः गैरकानुनी हो।

नेपालको प्रचलित कानुन अनुसार, दन्त चिकित्सा सम्बन्धी कुनै पनि उपचार वा प्रक्रिया नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त दन्त चिकित्सकले मात्र गर्न पाउने व्यवस्था छ। बिना इजाजत यस्ता सेवा प्रवाह गर्दा आम सर्वसाधारणको स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न हुन सक्छ।

TB

"स्वास्थ्यसँग सम्बन्धित संवेदनशील सेवा अनुभव र अनुमति बिना गर्ने कार्य केवल कानुनको उल्लंघन मात्र होइन, नागरिकको स्वास्थ्यमाथि खेलवाड हो," एसोसिएसनले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ।

एसोसिएसनले यस घटनाप्रति आपत्ति जनाउँदै नेपाल ब्युटी पार्लर संघलाई औपचारिक पत्र लेखेको छ। पत्रमा यस्ता अनधिकृत क्रियाकलाप तत्काल रोक्न, जिम्मेवार प्रतिष्ठानलाई सचेत गराउन र पुनरावृत्ति हुन नदिने उपाय अवलम्बन गर्न आह्वान गरिएको छ।

"यस्ता गतिविधिले समग्र ब्युटी पार्लर व्यवसायकै साखमाथि प्रश्न उठाएको छ,ू पत्रमा भनिएको छ," त्यसैले संघ स्वयं जिम्मेवारीपूर्वक अघि बढ्नुपर्छ।"

एसोसिएसनले स्पष्ट शब्दमा चेतावनी दिएको छ कि यदि सम्बन्धित संघ वा निकायले यस्ता कार्य रोक्न आवश्यक पहल नगरेमा कानुनी प्रक्रिया अगाडि बढाइनेछ। "यो केवल जनस्वास्थ्यको प्रश्न होइन, पेशागत मर्यादाको विषय पनि हो," डा. भण्डारीको भनाइ उद्धृत गरिएको छ।

नेपाल ब्युटी पार्लर संघले भने यो विषयमा हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। यद्यपि, जनस्वास्थ्य र व्यावसायिक मर्यादामा प्रत्यक्ष असर पार्ने यस्ता घटनामा जिम्मेवार निकायको चासो अपरिहार्य मानिएको छ।

ब्युटी सलोन तथा पार्लरहरूमा सौन्दर्य सेवाको नाममा यस्ता जोखिमपूर्ण उपचार गरिनु चिन्ताको विषय हो। यसले मात्र जनस्वास्थ्यलाई चुनौती दिन्छ भन्ने होइन, कानुनको उपहास समेत हो। सम्बन्धित निकाय र उपभोक्ताहरू स्वयं पनि सचेत बन्नुपर्ने बेला आएको छ। गैर–प्रमाणित हातबाट दन्त उपचार होइन, योग्य चिकित्सकमार्फत सुरक्षित सेवा यही हो दीर्घकालीन समाधान।

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  ०६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update