Swasthya Awaj
कान्ति अस्पताल घटनाः के भन्छन् अस्पताल निर्देशक डा राय?

काठमाडौं- मंगलबार राति कान्ति बाल अस्पतालमा बुटवलबाट रिफर भएर लुपस नेफ्राइटिस विथ पोलिसेरोसाइटिस रोगका बिरामी आइपुगे। तर अस्पतालमा आइसियु बेड खाली छैन भनेर स्वास्थ्यकर्मीले भनेपछि बिरामीलाई निजी अस्पताल लैजानु परेको घटनाले सञ्चार माध्यममा चर्चा पाएको छ।

DR_PANKAJ_RAY-1711002784.jpeg
 

घटनाका विषयमा बिरामी पक्षको धारणा बाहिर आएपछि स्वास्थ्यखबरले कान्ति अस्पतालका निर्देशक डा पंकज रायसँग कुराकानी गरेको छ। उक्त घटनाका विषयमा डा रायले दिएको जानकारी उनकै शब्दमा :

नेपाली समाजमा बेड भन्ने वितिकै सामान्य बेडलाई मात्र बुझ्ने परिपाटीले समस्या परेको छ। जटिल खालको उपचार सामान्य बेडमा हुँदैन। यसका निम्ति विशेष प्रकारको बेड र जनशक्ति चाहिन्छ। साथै मेडिकल टेस्टको रिपोर्ट पनि आवश्यक हुन्छ।

यी कुनै पनि कुरा नबुझी सामान्य खाली बेडलाई खाली देख्ने मानसिकताले समस्या आएको देखिन्छ। जनताको मेडिकल उपचार प्रतिको न्यूनतम बुझाई पनि नरहेको कारण यस्तो समस्या आएको हो। बाहिरबाट रिफर भएको पेपर अनुसार लुपस नेफ्राइटिस विथ पोलिसेरोसाइटिस रोगबाट ग्रसित भएर आएको बिरामी हो।

७ वर्षीया बालिकाको श्वास लिन कठिन भएर आएकोले बिरामीलाई मुखबाट पाइप राखेर श्वासप्रश्वास दिनुपर्ने हुन्छ। त्यस्तो श्वासप्रश्वासका लागि त्यही अनुसारको श्वासप्रश्वासको प्रविधिमा लागिएको थियो। सात वर्षको बच्चालाई श्वासप्रश्वास प्रविधिद्धारा भेन्टिलेसनमा जोड्नुपर्ने हुन्छ। उक्त बच्चालाई उसको उमेर अनुसारको भेन्टिलेसन बेडमा राखेर उपचार गराउनुपर्छ। 

मेडिकलको मूल्यमान्यता अनुसार जुनसुकै बेडमा राखेर उपचार हुन सक्दैन। सबै उमेर समूह र तौल अनुसारको बेडमध्ये उक्त उमेर समूह र तौलको बेड खाली नभएकाले हामीकहाँ उपचार सम्भव नभएकाले हामीले रिफर गर्दा सरकारी अस्पतालमा रिफर गर्ने हो। तर हामीले रिफर गरेका थिएनौं उहाँहरु आफैंले कुनै निजी अस्पताल लिएर जनुभएछ।

अस्पताल जाँदा हाम्रो मेडिकल सेक्युरिटिको साथमा पठाएका थियौँ। हामीकहाँ बेड खाली भएपछि हामीले बोलाएका थियौँ। बेलुका ११ः२५ मा बिरामी छिराउने बित्तिकै बिरामीको सिकिस्तता देखेर ड्युटीको डाक्टरहरुले एक घण्टा लाग्ने कामलाई १० मिनेट भित्रै श्वासप्रश्वासको लागि नली छिराउनु भएको छ। जबकी बिरामीलाई टिकट काट्नका निम्ती ११ः३५ मा पठाएको टिकट आउनु पूर्व नै प्रथमिक उपचार प्रयत्न भएको थियो। त्यसपछि मात्र अन्य अस्पतालमा पठाइएको थियो।

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update