इजाजतपत्र बिना सञ्चालित अस्पतालको विराटनगर महानगरद्वारा अनुगमन
शुक्रबार, वैशाख ७, २०८१
विश्व कलेजो दिवस : कलेजो स्वस्थ राख्न खानपान र रहनसहनमा ध्यान
शुक्रबार, वैशाख ७, २०८१
आज अप्रिल १९, ‘विश्व कलेजो दिवस’ । कलेजोसम्बन्धी रोगबारे जनचेतना जगाउन र कलेजोको स्वास्थ्य प्रवद्र्धन गर्न हरेक वर्ष आजको दिन विश्व कलेजो दिवस मनाइन्छ । यस दिवसको महत्वको बारेमा मानिसलाई शिक्षित गराउने, कलेजो रोगको प्रारम्भिक पहिचान र उपचारका लागि पैरवी गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।
जुम्लाकै पहिलो तिला गाउँपालिका पूर्ण खोप घोषणा
शुक्रबार, वैशाख ७, २०८१
जुम्लाको तिला गाउँपालिका जिल्लाकै पहिलो पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । यहाँका आठ वटा स्थानीयतह मध्ये तिलालाई जिल्लाकै पहिलो पालिकाका रुपमा बिहीबार पुर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।
सरकारीमा कार्यरत चिकित्सकलाई निजीमा काम नगर्न आग्रह
शुक्रबार, वैशाख ७, २०८१
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीले निजी स्वास्थ्य संस्थामा पूर्णकालीन कार्य गर्नु कानुनविपरीत भएको जनाएको छ ।
काठेखोला गाउँपालिका आधारभूत अस्पताल निर्माण गर्दै
शुक्रबार, वैशाख ७, २०८१
बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको रु तीन करोड ६४ लाख ६५ हजारमा वडा नं ७ स्थित रेशमा अस्पताल निर्माण थालिएको हो ।
काठमाडौँ महानगर भित्रका विभिन्न अस्पतालमा ३३ जना विपन्न तथा बेबारिसे बिरामीको निशुल्क उपचार
शुक्रबार, वैशाख ७, २०८१
काठमाडौँ महानगरपालिकाको सहजीकरणमा दुई जना वेवारिसे, ३१ जना विपन्न सहित कुल ३३ जना बिरामीले काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका विभिन्न अस्पतालहरुबाट निःशुल्क उपचार सेवा लिएका छन् ।
सामाजिक सञ्जालमा स्वास्थ्य बीमाको भ्रामक विज्ञापन, कारबाही गर्ने मन्त्रालयको चेतावनी
शुक्रबार, वैशाख ७, २०८१
नेपाल सरकारको लोगो प्रयोग गरी निःशुल्क स्वास्थ्य बिमा भनी भ्रामक विज्ञापन तथा सूचनाहरू प्रसारण गरेको पाइएकोले त्यस्तो कार्य गर्नेलाई कारबाही गर्ने मन्त्रालयको भनाइ छ।
औषधिजन्य स्वास्थ्य सामग्री उत्पादन गर्ने उद्योग थपियो, फरच्युना हेल्थकेयरले सुरु गर्यो सिरिन्ज उत्पादन
शुक्रबार, वैशाख ७, २०८१
बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा उपप्रधान एवं स्वस्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले डिजिटल रुपमा उद्योग र त्यसबाट उत्पादित फरच्युना ब्राण्डका सिरिञ्ज सार्वजनिक गरे । ललितपुरको चुनीखेलमा स्थापित उद्योगले ‘फरच्युना’ ब्रान्डमा विभिन्न साईजका गुणस्तरिय सिरिजहरु उत्पादन सुरु गरेको छ ।
महिनावारीको दुखाइबाट कसरी छुटकारा पाउने ?
शुक्रबार, वैशाख ७, २०८१
महिलाहरू किशोरावस्थामा प्रवेश भएदेखि गर्भधारण नभएसम्म हरेक महिना योनिबाट रगत बग्छ । यस्तो रगत दुईदेखि सात दिनसम्म बग्छ र आफैँ बन्द हुन्छ । महिनामा एकपटक रगत बग्ने भएकाले यसलाई महिनावारी भनिएको हो ।
यौन स्वास्थ्य र यौन शिक्षा
बिहीबार, वैशाख ६, २०८१
यौनसँग जोडिएका भावनाहरु, जिम्मेवारीहरु मनुष्यको शरीरको रचना, यौन क्रियाकलाप, प्रजननता, यसको लागि सही उमेर, सुरक्षित यौन, जन्म नियन्त्रण वा यौनमा संयम जस्तो विषयहरुको बारेमा विस्तारसँग बताउने गरिन्छ ।
स्वास्थ्य कार्यालय दैलेखमा लाखौंका स्वास्थ्य उपकरण प्रयोग बिहीन
बिहीबार, वैशाख ६, २०८१
कोभिड—१९ महामारीका बेला खरिद गरिएका भेन्टिलेटरलगायतका स्वास्थ्य उपकरण सञ्चालनका लागि जनशक्ति अभाव देखाउँदै थन्काइएको छ । वि.सं. २०७७ वैशाखमा ४६ लाख ५० हजार रुपैयाँमा खरिद गरिएका उपकरण जनशक्ति नहुँदा सञ्चालनमा आउन नसकेको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य व्यवस्थापक डा. धर्मराज रेग्मीले बताए ।
बिदा स्वीकृत गराई/नगराई निजी स्वास्थ्य संस्थामा पूर्णकालिन काम गरेका स्वास्थ्यकर्मीमाथि मन्त्रालयको निगरानी
बिहीबार, वैशाख ६, २०८१
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदा स्वीकृत गराई/नगराई निजी स्वास्थ्य संस्थामा पूर्णकालिन काम गरेका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुप्रति निगरानी बढाएको छ।
दमौली अस्पतालमा १२ घण्टा ओपिडी सेवा
बिहीबार, वैशाख ६, २०८१
सदरमुकामस्थित दमौली अस्पतालले बिहीबारदेखि बहिरङ्ग (ओपिडी) सेवा १२ घण्टा सञ्चालन गर्ने भएको छ । बिरामीको चापलाई मध्यनजर गर्दै आजदेखि बिहान ७ देखि साँझ ७ बजेसम्म ओपिडी सेवा सुरु गरेको हो ।
साताको लोकप्रीय


