Swasthya Awaj
पूर्वमुख्यमन्त्री केदार कार्की अनशनस्थलबाटै पक्राउ, झडपले स्थिति तनावग्रस्त
पूर्वमुख्यमन्त्री केदार कार्की अनशनस्थलबाटै पक्राउ, झडपले स्थिति तनावग्रस्त प्रहरी प्रशासनले कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई अनशनस्थलबाटै पक्राउ गरेको छ। अनशनमा साथ दिइरहेका ८ जनालाई पनि कार्कीसँगै पक्राउ गरिएको छ। पूर्व मुख्यमन्त्री कार्कीलाई अनशनस्थलबाटै पक्राउ गरेपछि स्थिति तनावग्रस्त बनेको छ। 
ऐन आएको ६ वर्ष पछि दोस्रो बैठक बस्दै राष्ट्रिय जनस्वास्थ्य समिति
ऐन आएको ६ वर्ष पछि दोस्रो बैठक बस्दै राष्ट्रिय जनस्वास्थ्य समिति जनस्वास्थ्य सेवा ऐन २०७५ अनुसार राष्ट्रिय जनस्वास्थ्य समितिको बैठक वर्षमा दुई पटक अनिवार्य रुपमा बस्नु पर्ने हुन्छ । तर ऐन जारी भएको ६ वर्ष पुगिसक्दा स्वास्थ्यमन्त्री अध्यक्ष रहने यो समितिको बैठक बल्ल दोस्रो बस्न थालेको छ । यस अघि ऐन जारी भएको ४ वर्ष पछि तत्कालील स्वास्थ्य मन्त्री भवानी खापुङको...
१० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सेवा कटौती भएपछि कोसीका पूर्वमुख्यमन्त्रीले थाले सरकारविरूद्ध अनसन
१० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सेवा कटौती भएपछि कोसीका पूर्वमुख्यमन्त्रीले थाले सरकारविरूद्ध अनसन कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले विराटनगरमा सरकार विरूद्ध अनसन सुरू गरेका छन्। कांग्रेस नेता समेत रहेका उनले मंगलबारबाट विराटनगरमा सरकार विरूद्ध अनसन सुरू गरेका हुन्।
डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ५ पुग्यो, देशभरी जम्मा ७ हजार ६४० जनामा संक्रमण
डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ५ पुग्यो, देशभरी जम्मा ७ हजार ६४० जनामा संक्रमण नेपालमा डेंगु सङ्क्रमणबाट मृत्यु हुने सङ्ख्या पाँच जना पुगेको छ । पछिल्लो तथ्याङ्क अनुसार ७ हजार ६४० जना सङ्क्रमितमध्ये पाँच जनाको मृत्यु भएको हो । 
सबै राष्ट्रिय खेलाडीको स्वास्थ्य निःशुल्क स्वास्थ्य परीक्षण गंगालालमा गर्ने व्यवस्था गर्दै मन्त्रालय
सबै राष्ट्रिय खेलाडीको स्वास्थ्य निःशुल्क स्वास्थ्य परीक्षण गंगालालमा गर्ने व्यवस्था गर्दै मन्त्रालय स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सबै विधाका नेपाली राष्ट्रिय खेलाडीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गराइने बताएका छन् । पौडेलले मन्त्रालयको प्राथमिकता र वार्षिक कार्ययोजना सार्वजनिक गर्दै आइतबार शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सबै राष्ट्रिय खेलाडीको वार्षिक स्वास्थ्य परीक्षण निःशुल्क गरिने घोषणा गरे ।
ओली शासनमा विद्यार्थीले दीक्षित हुन पनि पाएनन् : रास्वपा सांसद श्रेष्ठ
ओली शासनमा विद्यार्थीले दीक्षित हुन पनि पाएनन् : रास्वपा सांसद श्रेष्ठ प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम समयमा आएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दिक्षान्त समारोह स्थगित गरेकोमा आपत्ति जनाएकी छन् ।
सरकारी अस्पतालमा एमबीबीएस र नर्सिङ कक्षा सञ्चालन गर्ने तयारीः स्वास्थ्यमन्त्री
सरकारी अस्पतालमा एमबीबीएस र नर्सिङ कक्षा सञ्चालन गर्ने तयारीः स्वास्थ्यमन्त्री स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अहिले देशभरिका अस्पतालमा देखिएको जनशक्ति अभाव पूरा गर्न मन्त्रालय लागि परेको बताएका छन्।  चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले जनशक्ति अभाव पूरा गर्न मन्त्रालयले गृहकार्य सुरु गरेको बताए। सरकारी अस्पतालमा कम्तीमा तीन सय शय्या भएको अस्पतालमा एमबीबीएस र दुई सय शय्याका अस्पतालमा नर्सिङ कक्षा सञ्चालन गर्ने...
Weather Update