Swasthya Awaj
अस्पतालबाट प्रदान गरिने सेवाको विवरण सार्वजनिक र दैनिक अद्यावधिक गर्न मन्त्रालयद्धारा सरकारी स्वास्थ्य संस्थालाई पत्राचार
अस्पतालबाट प्रदान गरिने सेवाको विवरण सार्वजनिक र दैनिक अद्यावधिक गर्न मन्त्रालयद्धारा सरकारी स्वास्थ्य संस्थालाई पत्राचार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका सबै प्रतिष्ठान र संघीय अस्पतालहरुलाई अस्पतालबाट बिरामीको उपचारका लागि प्रदान गरिने स्वास्थ्य सेवासँग सम्बन्धित विवरणहरु सार्वजनिक गर्न र अद्यावधिक गर्न पत्र पठाएको छ।
‘रहस्यमय ज्वरो’ ले बिहारमा ३ दिनमा ३ बच्चाको मृत्यु, नेपालमा पनि सजकता अपनाउन आवश्यक
‘रहस्यमय ज्वरो’ ले बिहारमा ३ दिनमा ३ बच्चाको मृत्यु, नेपालमा पनि सजकता अपनाउन आवश्यक भारतको बिहार राज्यको अररिया जिल्लाको रानीगञ्ज गाउँमा पछिल्ला ३ दिनमा ज्वरोका कारण ३ बालबालिकाको निधन भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार चिकित्सा विज्ञहरूले मृत्युको कारण पत्ता लगाउने कोसिस गरिरहेका छन् । बालबालिकाको मृत्यु ‘एक्युट इन्सेफलाइटिस सिन्ड्रोम’ (एईएस)का अर्थात् मस्तिष्क ज्वरोका कारण भएको आशङ्का गरिएको छ । मर्नेमा ४ वर्षको...
विपी कोइराला क्यान्सर अस्पतालले ३ प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार सम्बन्धि सम्झौता गर्यो
विपी कोइराला क्यान्सर अस्पतालले ३ प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार सम्बन्धि सम्झौता गर्यो सेती प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा सुरु हुने भएको छ । अस्पतालमा क्यान्सर उपचार सेवा सुरु गर्न चितवनको भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सघाउने भएको हो । बुधबार अस्पतालमा यस सम्बन्धमा दुवै अस्पतालबीच सम्झौता भएको छ ।
‘आवश्यक कार्वाहीका लागि’ भन्दै स्वास्थ्यले काट्यो ललितपुर महानगर र जिल्ला प्रशासनलाई पत्र
‘आवश्यक कार्वाहीका लागि’ भन्दै स्वास्थ्यले काट्यो ललितपुर महानगर र जिल्ला प्रशासनलाई पत्र सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्वन्धी कानुनलाई ठाडो चुनौती दिदै ललितपुरको होटल हिमालयमा ‘सूर्य नेपाल काठमाडौँ लिटेररी फेस्टिवल’ हुन लागेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक कार्वाहीका लागि भन्दै स्थानीय प्रशासन र स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ ।
चिकित्सा शिक्षा आयोगको एमबीबीएस प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटि सच्याउन संसदीय समितिको निर्देशन
चिकित्सा शिक्षा आयोगको एमबीबीएस प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटि सच्याउन संसदीय समितिको निर्देशन एमबीबीएस र जनस्वास्थ्यको प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटि  सच्याउन  संसदीय समितिले निर्देशन दिएको छ।  बुधबार बसेकोे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको  बैठकमा सांसदहरले चिकित्सा शिक्षा आयोगले विद्यार्थीको भविष्यमाथि खेलबाड प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको भन्दै आपत्ति जनाएका थिए।
प्रधानमन्त्री केपी ओलीले लिए भगवान कोइरालाको अगुवाइमा बनिरहेको अस्पतालका विषयमा जानकारी
प्रधानमन्त्री केपी ओलीले लिए भगवान कोइरालाको अगुवाइमा बनिरहेको अस्पतालका विषयमा जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक–निजी साझेदारीका रूपमा सञ्चालित गैह्रनाफामूलक ‘काठमाण्डुु इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ले बाल स्वास्थ्य क्षेत्रमा थालेका कामको प्रगतिबारे जानकारी लिएका छन्। 
सरकारको सार्वजनिक बिदामा अस्पताल संचालनको निर्णयमा बिबाद भए पछि डा. प्रकाश बुढाथोकीलाई प्रश्न? तपाई स्वास्थ्य मन्त्रालयको प्रवक्ता कि चिकित्सक संघको उपाध्यक्ष?
सरकारको सार्वजनिक बिदामा अस्पताल संचालनको निर्णयमा बिबाद भए पछि डा. प्रकाश बुढाथोकीलाई प्रश्न? तपाई स्वास्थ्य मन्त्रालयको प्रवक्ता कि चिकित्सक संघको उपाध्यक्ष? अस्पतालमा बिदाका दिनमा पनि ओपीडी सेवा सञ्चालन गर्नुपर्ने परिपत्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ। कार्यालयको पत्रपछि स्वास्थ्य मन्त्रालयले सार्वजनिक विदाका दिनमा पनि स्वास्थ्य सेवा सुचारु गर्न मातहतका निकाय र अस्पताललाई परिपत्र गरेको हो। 
नेपालमा वार्षिक करिब १५ सय बालबालिकामा क्यान्सर, एक तिहाइ मात्र उपचारकाे दायरामा
नेपालमा वार्षिक करिब १५ सय बालबालिकामा क्यान्सर, एक तिहाइ मात्र उपचारकाे दायरामा राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–२०३० अनुसार नेपालमा वार्षिक रुपमा १५ सय बालबालिकामा क्यान्सर हुने अनुमान गरिएको छ । तीमध्ये एक तिहाइ मात्रै पत्ता लागेको अनुमान सो रणनीतिमा उल्लेख छ । यस्तै, वयस्कमा हुने क्यान्सरभन्दा बालबालिकामा हुने क्यान्सरहरू रोक्न थोरै मात्र उपायहरू हुन्छन् ।
Weather Update