Swasthya Awaj
चिकित्सा शिक्षा आयोगको परीक्षामा भएको अनियमितता छानबिन गर्न राष्ट्रियसभामा माग
चिकित्सा शिक्षा आयोगको परीक्षामा भएको अनियमितता छानबिन गर्न राष्ट्रियसभामा माग राष्ट्रियसभाको मंगलबारको बैठकमा सांसदहरूले चिकित्सा शिक्षा आयोगले प्रकाशित गरेको पछिल्लो नतिजामा व्यापक मात्रामा अनियमितता भएको विवरण सार्वजनिक भएकाले सत्यतथ्य छानबिन गर्न माग गरेका छन्। शून्य समयमा बोल्दै सांसदहरूले विद्यार्थीको भविष्यमाथि खेलबाड गर्नेलाई कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराए।
सार्वजनिक बिदाको दिन ओपीडी चलाउने प्रधानमन्त्री कार्यालयको निर्णय अव्यवहारिक तथा अवैज्ञानिकः चिकित्सक संघ
सार्वजनिक बिदाको दिन ओपीडी चलाउने प्रधानमन्त्री कार्यालयको निर्णय अव्यवहारिक तथा अवैज्ञानिकः चिकित्सक संघ नेपाल चिकित्सक संघले बिदाको दिन समेत ओपीडी चलाउने सरकारी निर्णय अव्यवहारिक तथा अवैज्ञानिक बताएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक बिदाका दिनमा सबै प्रकारका अस्पतालबाट स्वास्थ्यसम्बन्धी सेवा (बहिरंग सेवासमेत) प्रवाह गर्नुपर्ने विषय पूर्ण कार्यान्वयन गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ध्यानाकर्षण गराएपछि यो विषय एकपटक चर्चामा आएको छ ।
त्रिवि आईओएमको डीनका नाम सिफारिस गर्न प्रा.डा. वलीको संयोजकत्वमा समिति गठन, ईच्छुकले ७ दिनभित्र आशयपत्र पेश गर्नुपर्ने
त्रिवि आईओएमको डीनका नाम सिफारिस गर्न प्रा.डा. वलीको संयोजकत्वमा समिति गठन, ईच्छुकले ७ दिनभित्र आशयपत्र पेश गर्नुपर्ने त्रिभुवन विश्वविद्यालयले चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम)को डीन नियुक्तीको प्रक्रिया अघि बढाएको छ । त्रिवि कार्यकारी परिषद्ले गठन गरेको डीन नियुक्तीका लागि सिफारिस समितिले सोमबार सूचना जारी गर्दै सो डीन पदका लागि इच्छुक तथा योग्य व्यक्तिले ७ दिन भित्र आशयपत्र इमेल गर्न आव्हान गरेको छ ।
चिकित्सा शिक्षा आयोगले संचालन गरेको एकीकृत प्रवेश परीक्षाको नतिजामा चित्त नबुझेका विद्यार्थीले चाहेमा उत्तरपुस्तिका (ओएमआर) र उत्तर कुञ्जिका (एन्सर की) हेर्न पाउने निर्णय
चिकित्सा शिक्षा आयोगले संचालन गरेको एकीकृत प्रवेश परीक्षाको नतिजामा चित्त नबुझेका विद्यार्थीले चाहेमा उत्तरपुस्तिका (ओएमआर) र उत्तर कुञ्जिका (एन्सर की) हेर्न पाउने निर्णय चिकित्सा शिक्षा आयोगले गत १ देखि भदौसम्म सञ्चालन गरेको एकीकृत प्रवेश परीक्षाको नतिजामा चित्त नबुझी उत्तरपुस्तिका (ओएमआर) र उत्तर कुञ्जिका (एन्सर की) हेर्न चाहेमा सम्वन्धित विद्यार्थीले हेर्न पाउने भएका छन् । चिकित्सा शिक्षा आयोग कार्यकारी समिति र एकीकृत प्रवेश परीक्षा समितिको सोमबार (हिजो) बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो...
डेंगुका बिरामी ६ हजार नाघे, उपत्यकामा ६ सय ८० सङ्क्रमण
डेंगुका बिरामी ६ हजार नाघे, उपत्यकामा ६ सय ८० सङ्क्रमण देशभरि डेंगुका बिरामीको सङ्ख्या ६ हजारभन्दा बढी पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगु रोगको सङ्क्रमण हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेंगु रोगको सङ्क्रमण देखिएको छ ।
सार्वजनिक विदामा ओपीडी सेवा प्रवाह गर्न सरकारी स्वास्थ्य संस्थालाई स्वास्थ्य मन्त्रालयको निर्देशन
सार्वजनिक विदामा ओपीडी सेवा प्रवाह गर्न सरकारी स्वास्थ्य संस्थालाई स्वास्थ्य मन्त्रालयको निर्देशन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्वास्थ्य संस्था तथा अस्पतालाई सार्वजनिक विदामा दिनमा बहिरंग (ओपीडी) सेवा सुचारु गर्न निर्देशन दिएको छ । १६ भदौंमा स्वास्थ्य मन्त्रालयले मन्त्रालस्तरीय निर्णय गर्दै ओपीडी सेवा अनिवार्य रुपमा प्रवाह गर्न भनेको हो ।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीको जिम्मा पाए कृष्ण पाठकले
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीको जिम्मा पाए कृष्ण पाठकले गण्डकीमा कृष्ण पाठकले स्वास्थ्य मन्त्रालयको जीम्मेवारी पाएका छन्।  गण्डकीमा नेकपा एमालेबाट नियुक्त ४ जना मन्त्रीले शपथ लिएका छन्। एमाले केन्द्रीय लेखा आयोग सदस्य पद्मा जिसीको नेतृत्वमा गएका ४ जना मन्त्रीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको सपथ खुवाएका हुन्।
गोरखामा डेंगु र स्क्रब टाइफसका ५५७ जना बिरामी भेटिए
गोरखामा डेंगु र स्क्रब टाइफसका ५५७ जना बिरामी भेटिए गोरखामा डेंगु र स्क्रब टाइफसका ५५७ जना बिरामी भेटिएका छन् । गोरखाको ९ स्थानीय तहमा ५५७ जना संक्रमित फेला परेको स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन तथा ल्याब टेक्निसियन नारायणबाबु अर्यालले बताउनुभयो । अर्यालका अनुसार सबैभन्दा धेरै संक्रमित गोरखा नगरपालिकामा फेला परेका छन् । डेंगुका २४१ जना र स्क्रब टाइफसका...
चितवनमा डेंगी सङ्क्रमणबाट १ जना पुरुषको मृत्यु
चितवनमा डेंगी सङ्क्रमणबाट १ जना पुरुषको मृत्यु गी सङ्क्रमणका कारण जिल्लामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुष रहेका छन्। चितवन मेडिकल कलेजमा उपचारका क्रममा उनको गत शनिबार मृत्यु भएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पटेलले जनाकारी दिए। उनका अनुसार ती बिरामी ज्वरो आएर शुक्रबार मेडिकल कलेजमा भर्ना भएका थिए।
Weather Update