मंकीपक्सको खोपलाई डब्ल्यूएचओले दियो मन्जुरी
आइतबार, भदौ ३०, २०८१
विश्वभर मंकीपक्सको प्रकोप फैलिरहेको छ । यस्तोमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) पहिलोपटक एमपक्स भाइरस विरुद्धको खोपलाई प्रयोगको स्वीकृति दिएको छ । सङ्गठनले पहिलो पटक शुक्रबार डेनमार्कको कम्पनी बवेरियन नर्डिकको खोपलाई वयस्कहरूमा प्रयोग गर्ने मन्जुरी दिएको हो ।
टीकापुरको एक मेडिकलमा सुई लगाए लगत्तै एक महिलाको मृत्यु
आइतबार, भदौ ३०, २०८१
कैलालीको टीकापुरस्थित एल.एन मेडिकलमा सुई लगाए लगत्तै महिलाको मृत्यु भएको छ । हिजो साँझ ६ बजेतिर उपचारका लागि मेडिकल पुगेकी जोशीपुर गाउँपालिका वडा नं। १ पिपरकोटीकी ६८ वर्षीया सञ्चुरिया चौधरीको सुई लगाए लगत्तै मृत्यु भएको हो ।
आजदेखि बाँकेमा कोभिड–१९ विरुद्धको 'फाइजर बाइभ्यालेन्ट' खोप लगाइँदै
आइतबार, भदौ ३०, २०८१
बाँकेमा आजदेखि असोज ४ गतेसम्म कोभिड–१९ विरुद्धको 'फाइजर बाइभ्यालेन्ट' खोप लगाउन कार्यक्रम रहेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले बताएका छन ।
स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. लोहनीले दिए राजिनामा, राजिनामाको कारण खास खुलेन
शुक्रबार, भदौ २८, २०८१
लागूऔषध कारोबार गरेको आरोपमा पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठ पक्राउ
बिहीबार, भदौ २७, २०८१
लागूऔषध कारोबार गरेको आरोपमा पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वसांसद डा. श्रेष्ठलाई आज प्रहरीले पोखरास्थित क्लिनिकबाट पक्राउ गरेको हो ।
२ वर्षमा पहिलो पटक बस्यो अन्तरमन्त्रालय स्वास्थ्य समन्वय बैठक, अब वर्षमा २ पटक बस्ने
बिहीबार, भदौ २७, २०८१
स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न सरकारी मन्त्रालय तथा सरकारी र गैरसरकारी निकायहरुबीचको अन्तरमन्त्रालय समन्वय गर्ने जनस्वास्थ्य समितिको बैठक २ वर्षमा पहिलो पटक बसेको छ। समिति बनेयता एक पटक मात्र बैठक बसिएकामा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालय सम्हाले पछि बैठक डाकेर एक आपसमा सम्वय बढाउने घोषणा गरेका थिए।
काठमाडौँ उपत्यकामा ९ सय ५८ जनामा डेंगु सङ्क्रमण
बिहीबार, भदौ २७, २०८१
काठमाडौँ उपत्यकामा डेंगु सङ्क्रमितको सङ्ख्या ९ सय ५८ पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ललितपुरका १ सय ६६ जना, काठमाडौँ ६ सय ८७ जना र भक्तपुर १ सय ५ जनामा डेंगु सङ्क्रमण देखिएको हो ।
फाजिल र दरबन्दी नभएका स्वास्थ्यकर्मीको समायोजन संशोधन हुने
बिहीबार, भदौ २७, २०८१
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समायोजनका क्रममा जटिलता देखिएका स्वास्थ्यकर्मीको समायोजनका लागि नीतिगत निर्णय गरेको छ। फाजिल वा दरबन्दी नभएको तहमा कार्यरत स्वास्थ्यकर्मीलाई उनीहरुको मागबमोजिम समायोजनसम्बन्धी नीति संशोधन हुने व्यवस्था गरेको हो।
खाजा समय अवदेखी ३० मिनेट लागु गर्न स्वास्थ्यले गर्यो पत्राचार
बिहीबार, भदौ २७, २०८१
सरकारले सरकारी कार्यालयमा कर्मचारीहरुको खाजा खाने समय घटाएको छ। मन्त्रिपरिषदको निर्णय अनुसार सरकारी कार्यालयमा खाजा समय एक घण्टा नभएर आधा घण्टा कायम गरिएको हो। उक्त निर्णय कार्यान्वयनमा ल्याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मन्त्रालय र मातहतका निकायमा पत्र पठाइसकेको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उच्च अदालतको आदेशः ५८ जना शिक्षक तथा कर्मचारीको बढुवा र नियमावली अनुरुपको तलब दिने ब्यबस्था गर्नु
बिहीबार, भदौ २७, २०८१
उच्च अदालत सुर्खेत, जुम्ला ईजलासले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका ५८ जना शिक्षक कर्मचारीको पक्षमा आदेश जारी गरेको छ। बिगत लामो समयदेखी बढुवा नभएको र नियमावलीले तोके बमोजिम तलब भत्ता नपाएको भन्दै प्रतिष्ठानका ५८ जना शिक्षक तथा कर्मचारीले ११ पौष २०८० मा रिट दायर गरेका थिए।
साताको लोकप्रीय


