देशभर ९५ जनामा हैजा संक्रमण पुष्टि
बुधबार, असोज ९, २०८१
क्षयरोग पहिचानका लागि नेपालमा पहिलो पटक भित्रियो एआईयुक्त एक्सरे मेसिन
बुधबार, असोज ९, २०८१
नेपालमा क्षयरोग पहिचानका लागि पहिलोपटक पोट्रेबल आर्टिफिर्सिल इन्टेलिजेन्सयुक्त चेष्ट मेसिन भित्रिएको छ। नेपाल सरकारले उक्त मेसिन खरिद प्रक्रिया ३ वर्ष अगाडि बढाएपनि भर्खरै नेपाल भित्रिएको हो। नयाँ प्रविधिको उक्त ९ वटा मेसिन खरिदका लागि सरकारले कम्तिमा पनि एउटाको ९० लाखका दरले खर्च गरेको राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठले...
एकद्वार संकट व्यवस्थापन केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन गर्दै स्वास्थ्य मन्त्रालय
बुधबार, असोज ९, २०८१
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकद्वार संकट व्यवस्थापन केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सम्मेलन आउँदो १३ र १४ असोजका दिन काठमाडौँको सोल्टी होटलमा हुँदैछ । सम्मेलनको उद्घाटन स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गर्ने समेत मन्त्रालयले जानकारी दिएको छ ।
अर्थ र स्वास्थ्य मन्त्रीबीच छलफल, महत्वपूर्ण सात बिषयमा सहमती
बिहीबार, असोज ३, २०८१
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसिहत मन्त्रालयका पदाधिकारीहरुबीच छलफल भएको छ। भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउने विषयमा पनि लामो छलफल भएको थियो। अत्याधुनिक र सुविधा सम्पन्न वीर अस्पताल निर्माण गर्न विस्तृत परियोजना प्रस्ताव तयार पार्ने तथा परामर्शदाताका लागि अन्तर्राष्ट्रिय रुपमा...
१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन (नामावली सहित)
बिहीबार, असोज ३, २०८१
संसदीय सुनुवाइ समितिले विभिन्न १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ ।सिंहदरवारमा बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सरकारले सिफारिस गरेका १७ मध्ये १६ देशका लागि नेपाली राजदूतको नाम बहुमतले अनुमोदन गरेको समिति सभापति ईश्वरी न्यौपानेले जानकारी दिइन् ।
स्वास्थ्यमा तीन जना उपसचिव भित्रिए, पाँच जना बाहिरिए
बिहीबार, असोज ३, २०८१
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत भदौको ३१ गरेको गरेको ठूलो संख्याको कर्मचारी सरुवामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तीन जना उपसचिव भित्रिएका छन् भने पाँच जना मन्त्रालयबाट बाहिरिएका छन् ।
सरकारले देशभरका यी ६४ वटा अस्पतालबाट ज्येष्ठ नागरिकको उपचार गराउने (सूचीसहित)
बिहीबार, असोज ३, २०८१
सरकारले ज्येष्ठ नागरिकलाई उपचार सेवा प्रदान गर्न ज्येष्ठ नागरिक (जेरियाट्रिक) स्वास्थ्य सेवा थप गरेको छ । सरकारले देशभर ६२ वटा स्वास्थ्य सेवाबाट ज्येष्ठ नागरिकलाई सेवा प्रदान गर्दै आएकोमा यो वर्ष दुई वटा स्वास्थ्य संस्था थप गरी ६४ वटा संस्थाबाट सेवा प्रदान गरेको हो । चालु आर्थिक वर्ष २०८१/२०८२ मा डोटीस्थित...
पाटन अस्पतालका ल्याब अधिकृत दिपेन्द्र यादव विरुद्ध नक्कली प्रमाणपत्रकाे आरोपमा विशेष अदालतमा मुद्धा दायर
बिहीबार, असोज ३, २०८१
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका आठौं तहका ल्याब अधिकृत विरुद्ध नक्कली प्रमाणपत्र बुझाएर बढुवा लिएको आरोपमा विशेष अदालतमा मुद्धा दायर भएको छ । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाटनका ल्याब अधिकृत दिपेन्द्र यादव विरुद्ध नक्कली प्रमाणपत्र बुझाएर बढुवा लिएको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी...
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को उपाध्यक्षमा डा अजित रायमाझी नियुक्त
बिहीबार, असोज ३, २०८१
सरकारले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को उपाध्यक्षमा प्रा.डा अजित रायमाझीलाई नियुक्त गरेको छ। स्वास्थ्य मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले बरिष्ठ बालरोग विशेषज्ञ समेत रहेका प्राडा रायमाझीलाई चार वर्षको लागि नियुक्त गर्ने निर्णय गरेको हो।
सरकारको न्यूनतम साझा कार्यक्रम मन्त्रिपरिषद्बाट पारित, के-के छन् स्वास्थ्यका विषय?
बिहीबार, असोज ३, २०८१
राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार डा पवन कुमार हमाललाई प्रदान
मंगलबार, असोज १, २०८१
यस वर्षको राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार वरिष्ठ कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डा पवनकुमार हमाललाई प्रदन गरिएको छ। १२औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रममा शिक्षामन्त्री विद्या भट्टराईले विज्ञान, प्रविधि तथा नवप्रवर्तनको क्षेत्र अन्तर्गत स्वास्थ्य विधामा उल्लेखनीय योगदान पुर्या एको भन्दै उक्त पुरस्कार प्रदान गरेकी हुन्।
साताको लोकप्रीय


