Swasthya Awaj
पहिरोका कारण बाटो नखुल्दा एम्बुलेन्समै गुमाए दुई बिरामीले ज्यान
पहिरोका कारण बाटो नखुल्दा एम्बुलेन्समै गुमाए दुई बिरामीले ज्यान पहिरोमा परी एम्बुलेन्स बीच बाटोमै रोकिंदा दुई जना बिरामीको मृत्यु भएको छ। यसरी मृत्यु हुनेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका ४ घर भएकी ९४ वर्षीया टीकाकुमारी भुजेल र महोत्तरीको बर्दिवास नगरपालिका ८ का ४५ वर्षीय मानबहादुर सिंजाली रहेको सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले जनाएका छन्।
विपद् अपडेटः देशभर ११२ को मृत्यु, ६८ बेपत्ता, काठमाडौं उपत्यकामा ५४ वर्षयताकै अधिक वर्षा
विपद् अपडेटः देशभर ११२ को मृत्यु, ६८ बेपत्ता, काठमाडौं उपत्यकामा ५४ वर्षयताकै अधिक वर्षा अविरल वर्षासँगै निम्तिएको विपद्का कारण काठमाडौं उपत्यकाका साथै विभिन्न जिल्लामा ठूलो मात्रामा जनधन क्षति भएको छ । बाढीपहिरो र डुबानबाट शनिबार रातिसम्म १ सय १२ जनाको ज्यान गएको छ भने ६८ जना बेपत्ता छन् । देशभर कम्तीमा १ सय जना घाइते भएका छन् । सडक, पुल, विद्युत्लगायतका संरचनामा समेत क्षति...
काठमाडौं उपत्यकामा वर्षाले रेकर्ड ब्रेकः  ठूलो धनजन क्षति
काठमाडौं उपत्यकामा वर्षाले रेकर्ड ब्रेकः ठूलो धनजन क्षति काठमाडौं उपत्यकामा रेकर्डब्रेक वर्षाले धनजनको ठूलो क्षति भएको छ । तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा गरेर ३४ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । ४८१ जनाको उद्धार गरिएको छ भने २१ जना हराइरहेका प्रहरीले जनाएको छ ।
बाढी र पहिरोबाट देशभर ७६ जनाको मृत्यु, ७२ बेपत्ता, ३६ जना घाइते र १ सय ९५ ठाउँमा भौतिक क्षति
बाढी र पहिरोबाट देशभर ७६ जनाको मृत्यु, ७२ बेपत्ता, ३६ जना घाइते र १ सय ९५ ठाउँमा भौतिक क्षति अविरल बर्षासँगैको बाढी पहिरोमा मृत्यु हुनेको संख्या ७६ जना पुगेको छ । यस्तै ७२ जना वेपत्ता र ३६ जना घाइते भएको सशस्त्र प्रहरीले शनिबार राति जनाएको छ । यस्तै देशभर १ सय ९५ ठाउँमा भौतिक क्षति भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । 
विपदबाट उद्धार गरिएका घाइते र बिरामीको निशुल्क उपचारको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयको निर्देशन
विपदबाट उद्धार गरिएका घाइते र बिरामीको निशुल्क उपचारको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयको निर्देशन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिन देखि परेको अबिरल बर्षा र त्यसपछि आएको बाढी पहिरो सहितका प्राकृतिक प्रकोपबाट घाइते र बिरामीहरुको निशुल्क उपचारको व्यवस्था मिलाउन स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको छ। मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जारी गरेको विज्ञप्तीमा निशुल्क उपचारको व्यवस्था गर्न भनिएको छ ।
झ्याप्लेखोलामा पहिरोले पुरिएका बसबाट १४ जनाको शव निकालियो
झ्याप्लेखोलामा पहिरोले पुरिएका बसबाट १४ जनाको शव निकालियो काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ । शनिबार बिहान पहिरो जाँदा धादिङ जिल्लाको झ्याप्ले खोलामा माइक्रोबसहरु पुरिएका थिए । त्यस क्रममा लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ वटा शव निकालिएको हो ।
भोलिदेखि हुने भनिएको ओसीएमसीको प्रथम राष्ट्रिय सम्मेलन स्थगित
भोलिदेखि हुने भनिएको ओसीएमसीको प्रथम राष्ट्रिय सम्मेलन स्थगित भोलि देखि सुरु हुने भनिएको एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)को प्रथम राष्ट्रिय सम्मेलन स्थगित भएको भएको छ । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १३ र १४ असोजका लागि यो सम्मेलन तय गरेको थियो ।
Weather Update