लम्बियो मनसुन, दशैं अघिसम्म पनि पूर्णरुपमा बाहिरिने सम्भावना कम
लम्बियो मनसुन, दशैं अघिसम्म पनि पूर्णरुपमा बाहिरिने सम्भावना कम नेपालमा यस वर्षको मनसुन लम्बिएको छ । नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टुबर २ तारिक आज हो । तर मनसुन बाहिरिएको छैन । मौसमविद प्रतिभा मानन्धरले अहिलेसम्मको अवस्था हेर्दा अक्टुबरको दोस्रो हप्तातिर मात्रै मनसुन नेपालबाट पूर्णरुपमा बाहिरिने सम्भावना रहेको बताइन् ।
उद्धारमा हेलिकोप्टर उडाउनमा क्यान नै ‘असहयोगी’
उद्धारमा हेलिकोप्टर उडाउनमा क्यान नै ‘असहयोगी’ अविरल वर्षाले विपत्ति निम्त्याउँदा उद्धारमा सरकारी तथा निजी हेलिकोप्टरले उडान अनुमति नै नपाएको खुलेको छ। सरकारी निकाय नागरिक उड्डयन प्राधिकरण (क्यान) ले भिजिबिलिटी कम देखाएर नेपाली सेना र निजी क्षेत्रका हेलिकोप्टर उडानका लागि अनुमति नदिएको खुलेको हो।
आज र भोलि कोशी र वाग्मती प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
आज र भोलि कोशी र वाग्मती प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी र वाग्मती प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले बुधबार बिहान ६ बजेको बुलेटिनमा कोशी र वाग्मतीका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गर्दै गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोपको जोखिम...
स्वास्थ्य मन्त्रालयले बनायो आपत्कालिन चिकित्सकीय समूह परिचालन कार्यविधि
स्वास्थ्य मन्त्रालयले बनायो आपत्कालिन चिकित्सकीय समूह परिचालन कार्यविधि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आपत्कालिन चिकित्सकीय समूह परिचालन कार्यविधि बनाएको छ। विपद् तथा आपत्कालिन वा रोगको प्रकोपबाट प्रभावित बिरामीलाई आपत्कालिन रुपमा चिकित्सा सेवा प्रदान गर्ने मुख्य लक्ष्यका साथ उक्त कार्यविधि बनाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितीमा एक कार्यक्रमकाबीच उक्त कार्यविधि सार्वजनिक गरिएको हो। 
यस्तो छ विपत्तिपछिको क्षतिको विवरण र सरकारको प्रयास (पूर्णपाठसहित)
यस्तो छ विपत्तिपछिको क्षतिको विवरण र सरकारको प्रयास (पूर्णपाठसहित) बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण २१ जिल्लाहरू प्रभावित भएका छन् । बाढी, पहिरो र डुबानका कारण काभ्रेपलान्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्ला अति प्रभावित भएका छन् ।
बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २१७ पुग्यो, बागमतीमा मात्र १९२ को मृत्यु
बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २१७ पुग्यो, बागमतीमा मात्र १९२ को मृत्यु अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानका कारण अहिलेसम्म २१७ जनाले ज्यान गुमाएका छन्। २८ जना अझै बेपत्ता छन्।  गृहमन्त्रालयको आज बिहानसम्मको  विवरणअनुसार विपद्मा परी सबैभन्दा बढी काभ्रेपलान्चोकमा ६५ जनाले ज्यान गुमाएका छन्। अझै ६ जना बेपत्ता रहेका छन्।  
सिधाकुराका प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला (पूर्णपाठसहित)
सिधाकुराका प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला (पूर्णपाठसहित) सर्वोच्च अदालतले ‘सिधाकुरा’ले प्रकाशन गरेको सामग्रीले अदालतको अवहेलना गरेको ठहर गरेको छ । आइतबार सर्वोच्चले सजाय समेत सुनाएको छ । सर्वोच्चका प्रधान न्यायाधीश विश्वम्भवरप्रसाद श्रेष्ठसहित ९ न्यायाधीश संलग्न बृहत् पूर्ण इजलासले आइतबार निर्णय सुनाउँदै विवादित अडियो रेकर्ड गर्ने राजकुमार तिम्सिनालाई ६ महिना कैद सजाय सुनाएको छ । 
काठमाडौँ महानगरभित्र बिक्री बितरण गरिएका ११ ब्राण्डका पानीमा कोलिफर्म भेटियो ।
काठमाडौँ महानगरभित्र बिक्री बितरण गरिएका ११ ब्राण्डका पानीमा कोलिफर्म भेटियो । काठमाडौँ महानरपालिका भित्र बिक्री बितरण हुँदै आएको बिभिन्न ११ ब्राण्डका खानेपानीमा कोलिफर्म भेटिएको छ । काठमाडाँै महानगरपालिकाले गरेको अनुगमन र परीक्षणका क्रममा हानीकारक कोलिफर्म भेटिएको हो । महानगरपालिकाले कोलिफर्म भेटिएका पानीका उत्पादक कम्पनीलाई बिक्री बितरणमा रोक लगाएको छ । साथै हरेक उत्पादकलाई २ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय समेत गरेको...
Weather Update