वीर अस्पतालमा प्रदर्शनः श्रमिकलाई पुनर्बहालीको माग
मंगलबार, असोज २२, २०८१
नेपाल क्यान्सर अस्पतालले अक्टोबर महिनाभर स्तन क्यान्सर स्क्रिनिङमा ५० प्रतिशत छुट दिने
मंगलबार, असोज २२, २०८१
ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पतालमा स्तन क्यान्सर सचेतना महिनाको अवसर पारेर स्तन क्यान्सर स्क्रिनिङमा ५० प्रतिशत सम्म छुट प्रदान गरीरहेको छ ।
देशभर १७ हजार ६०२ जनामा डेंगु सङ्क्रमण, ८ जनाको मृत्यु
मंगलबार, असोज २२, २०८१
देशभर १७ हजार भन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि हुनुका साथै आठ जना सङ्क्रमितको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्क अनुसार हुम्ला बाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ ।
नेपाल एयरलाइन्सले फूलपातीका दिन न्यारोबडी जहाजबाट काठमाडौं–भैरहवा उडान गर्ने
सोमबार, असोज २१, २०८१
नेपाल एयरलाइन्सले दशैंको फूलपातीका दिन काठमाडौं–भैरहवा–काठमाडौं उद्धार उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सका अनुसार २४ असोजका दिन न्यारोबडी जहाजबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न लागिएको हो । काठमाडौंबाट बाहिर जाने यात्रुको चापलाई ध्यानमा राख्दै प्रतिव्यक्ति एकतर्फी ७ हजार रुपैयाँ भाडामा यो रुटमा उडान गर्न लागिएको नेपाल एयरलाइन्सले जनाएको...
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दसैँ बिदामा पनि ओपिडी सेवा दिने
सोमबार, असोज २१, २०८१
दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दसैँ बिदामा पनि बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्ने भएको छ। प्रतिष्ठानका रजिस्ट्रार प्रा श्याम लम्सालले बिरामीको सेवालाई ध्यान दिँदै दसैँ बिदामा पनि ओपिडी सेवा सञ्चालन गरिने जानकारी दिए।
जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्र र ट्रमा सेन्टरलाई सुविधासम्पन्न बनाउन भारत सरकारले सहयोग गर्ने
सोमबार, असोज २१, २०८१
भारत सरकारले तनहुँको शुक्लागण्डकी नगरपालिकाको बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रलाई तीन सय शय्या र उपकरणसहित अस्पताल निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। भारत भ्रमणमा रहनुभएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र भारतीय जनता पार्टीका अध्यक्ष एवं स्वास्थ्य तथा परिवार कल्याणमन्त्री जेपी नड्डाबीच नयाँ दिल्लीस्थित निर्वाण भवनमा भएको द्विपक्षीय वार्ताका...
चितवन मेडिकल कलेजमा महिलाहरूको निःशुल्क क्यान्सर परिक्षण
सोमबार, असोज २१, २०८१
चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा महिलाहरूको निःशुल्क क्यान्सर परीक्षण सुरु गरिएको छ । आजदेखि तीन दिनसम्म सञ्चालित क्यान्सर परीक्षण अभियानमा महिलालाई निःशुल्क सेवा दिन लागिएको हो । अस्पतालका निर्देशक प्राडा दयाराम लम्सालका अनुसार अक्टोबर क्यान्सर सचेतना महिना भएकाले सोही अवसर पारेर ३५ वर्ष माथिका महिलाको निःशुल्क परीक्षण सुरु गरिएको...
५२ प्रतिशत भ्रष्टाचारका उजुरी स्थानीय तहसँग सम्बन्धित
आइतबार, असोज २०, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देश संघीयतामा गएसँगै ७५३ स्थानीय तहमा भ्रष्टाचार बढेको आँकडा सार्वजनिक गरेको छ । आयोगमा दर्ता भएका कुल उजुरीमध्ये स्थानीय तहका विभिन्न विषय/क्षेत्रसँग सम्बन्धित उजुरी धेरै रहेको आयोगले जनाएको छ ।
झ्याप्ले दुर्घटनामा प्रहरीको लापरबाहीबारे छानबिन हुँदै
आइतबार, असोज २०, २०८१
धादिङको धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्लेखोलामा भएको दुर्घटनाबारे प्रहरी प्रधान कार्यालयले छानबिन गरिरहेको छ । असोज ११ र १२ मा परेको अविरल वर्षासँगै झ्याप्लेमा खसेको पहिरोमा पुरिएर दुईवटा माइक्रो र एउटा बसमा सवार ३५ जनाको मृत्यु भएको थियो । सो घट्नामा धादिङका तत्कालीन एसपी गौतम केसीले लापरबाहीपूर्ण भूमिका खेलेको आकलन छ...
साताको लोकप्रीय


