न्याम्स अन्तर्गत पिजीमा चार सय सिट थपिने, फ्याकल्टी दरबन्दी बढाउने निर्णय (कहाँ कति?)
आइतबार, असोज २०, २०८१
नेपालको पश्चिमी क्षेत्रबाट बाहिरिन थाल्यो मनसुन
आइतबार, असोज २०, २०८१
नेपालको पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिन सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार सुदूरपश्चिम प्रदेशबाट मनसुन बाहिरिएको छ भने कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूबाट मनसुन बाहिरिएको छ ।
प्रसूति गृहमा मनोस्वास्थ्य ओपिडी र ‘न्यु बर्न स्क्रिनिङ’ सेवा सुरु
आइतबार, असोज २०, २०८१
परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा दुई नयाँ सेवा सुरु भएको छ । अस्पतालले गर्भवती तथा सुत्केरीका लागि मानसिक स्वास्थ्य सेवाको ओपिडी र नवजात शिशुमा वंशाणुगत रोग पत्ता लगाउन ‘न्यु बर्न स्क्रिनिङ’ सेवा सुरु गरेको हो ।
बागमती प्रदेश स्वास्थ्यमा एघारौँ तहका चार उच्च अधिकारीको सरुवा
आइतबार, असोज २०, २०८१
बागमती प्रदेश सरकारले स्वास्थ्यका चार उच्च अधिकारीहरुको सरुवा गरेको छ । गत १६ असोजमा बसेको बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले एघारौँ तहका चार जना अधिकारीको सरुवा गरेको हो ।
देशभर करिब १५ हजारमा डेंगु सङ्क्रमण पुष्टि, ७ को मृत्यु
शुक्रबार, असोज १८, २०८१
देशभर झण्डै १५ हजार जनामा डेंगु सङ्क्रमण पुष्टि हुनुका साथै सात जना सङ्क्रमितको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्क अनुसार जुम्लामा बाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ ।
स्वास्थ्य बीमा बोर्डको पञ्चवर्षीय रणनीतिक मार्गचित्र सार्वजनिक
शुक्रबार, असोज १८, २०८१
स्वास्थ्य बीमा बोर्डले पञ्च वर्षीय रणनीतिक मार्गचित्र सार्वजनिक गरेको छ । पछिल्लो समय ‘हिड्दा हिड्दै बाटो भुलेको’ जस्तो अवस्थामा पुगेको बोर्डले केही वर्षको तयारी पछि ‘स्वास्थ्य बीमा रणनीतिक मार्गचित्र २०८१/८२ – २०८६/८७’ ल्याएको हो । नयाँ रणनीतिले बीमा बोर्ड अबको ५ वर्ष कसरी अघि बढ्छ भन्नेबारेमा जानकारी दिने बताइएको छ...
रगत अभाव सम्वन्धी समस्या समाधानका लागि ब्लोदानद्धारा स्वास्थ्य मन्त्री पौडेलको ध्यानाकर्षण
शुक्रबार, असोज १८, २०८१
चिकित्सक लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: ५६ प्रतिशत उत्तीर्ण
बुधबार, असोज १६, २०८१
नेपाल मेडिकल काउन्सिलले लिएको ७० औँ चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षामा ५५.९ प्रतिशत पास भएका छन् । बुधबार (आज) दिउसो काउन्सिलले प्रकाशित गरेको नतिजा अनुसार मेडिकल तर्फ ५१.४ र डेन्टल तर्फ ७२.९७ प्रतिशत उत्तीर्ण भएका छन् ।
दशैलक्षित बजार अनुगमन आजदेखि सुरु
बुधबार, असोज १६, २०८१
सरकारले दसैँ, तिहार र छठजस्ता चाडपर्वलाई लक्षित गरेर घुम्ती खाद्य प्रयोगशालासहित आजदेखि बजार अनुगमन सुरु गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आजदेखि दुईवटा मोबाइल भ्यानसहित काठमाडौं, ललिपुर र भक्तपुर जिल्लाभित्र बजार अनुगमन सुरु गरेको हो ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.ज्ञवाली नियुक्त
बुधबार, असोज १६, २०८१
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.प्रदीप ज्ञवाली नियुक्त भएका छन् । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले डा. ज्ञवालीलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो । ४ वर्षे कार्यकालका लागि उपकुलपतिमा नियुक्त भएका डा.ज्ञवाली पाल्पाका हुन् ।
लम्बियो मनसुन, दशैं अघिसम्म पनि पूर्णरुपमा बाहिरिने सम्भावना कम
बुधबार, असोज १६, २०८१
नेपालमा यस वर्षको मनसुन लम्बिएको छ । नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टुबर २ तारिक आज हो । तर मनसुन बाहिरिएको छैन । मौसमविद प्रतिभा मानन्धरले अहिलेसम्मको अवस्था हेर्दा अक्टुबरको दोस्रो हप्तातिर मात्रै मनसुन नेपालबाट पूर्णरुपमा बाहिरिने सम्भावना रहेको बताइन् ।
साताको लोकप्रीय


