सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार
मंगलबार, असोज १, २०८१
हुम्लाबाहेक ७६ जिल्लामा फैलिएको डेंगु , माघ दोस्रो साता यता ६ जनाको मृत्यु
मंगलबार, असोज १, २०८१
देशका ७७ जिल्लामध्ये ७६ जिल्लामा डेंगु फैलिएको छ । पछिल्लो तथ्याङ्क अनुसार देशभर ७६ जिल्लामा ९ हजार ४८६ जनामा डेंगु पुष्टि भएको छ । जसमध्ये ६ जनाको मृत्यु भएको छ । यो तथ्याङ्क गत माघ दोस्रो साता यताको रहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ । हुम्लाबाहेक...
आईओएमको डीन बन्न १३ जना प्राध्यापकको आवेदन (सूची सहित)
मंगलबार, असोज १, २०८१
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को डीन पदका लागि नाम सिफारिस समिति समक्ष १३ जनाले आवेदन दिएका छन् । त्यसरी आवेदन दिनेहरुमा बहालवाला डीन, सहायक डीन देखि अस्पताल निर्देशक र पूर्व निर्देशकसम्म रहेका छन् ।
दश वर्ष सरकारी सेवामा कार्यरत अहेवको शैक्षिक प्रमाणपत्र नै ‘नक्कली’
सोमबार, भदौ ३१, २०८१
शहरी स्वास्थ्य केन्द्रमा दश वर्ष जागिर खाएका अहेवले पेश गरेको शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
डडेल्धुरा अस्पताल विकास समितिका पूर्व अध्यक्ष सिंहको दुबै तहको शैक्षिक प्रमाणपत्र नक्कली, विशेष अदालत मुद्धा दायर
सोमबार, भदौ ३१, २०८१
प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत २० बैशाख २०८० मा स्वास्थ्य तथा जनसंख्या मन्त्री हुनु अघिको खाली समय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नै सम्हालेका थिए ।त्यसैबेला प्रधानमन्त्री दाहालले स्वास्थ्य मन्त्रीस्तरीयय निर्णय गर्दै डडेल्धुरा अमरगढी नगरपालिका वडा नं २ सोलपारी स्थायी ठेगाना भएका लक्ष्मण सिंहलाई डडेल्धुरा अस्पताल विकास...
सर्पदंशका बिरामीले भेरी अस्पतालमा शैय्या भरिभराउ, वैशाख यता १६ जनाको मृत्यु
सोमबार, भदौ ३१, २०८१
नेपालगन्जस्थित भेरी अस्पतालमा सर्पले टोकेका बिरामीको चाप बढेको छ। अस्पतालको आकस्मिक कक्ष र आइसियु वार्ड यतिबेला सर्पले टोकेका बिरामीले भरिन थालेका छन् ।
एक बर्ष भित्र मनमोहन विश्वविद्यालयको अस्पताल सञ्चालन गरिने
सोमबार, भदौ ३१, २०८१
कोशी प्रदेश सरकारले स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालयलाई एक वर्षभित्र अस्पताल हस्तान्तरण गरिसक्ने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रतिबद्धता जनाएका छन् ।मनमोहन प्राविधिक विश्वविद्यालयको चौथो सभालाई आइतबार विराटनगरमा सम्बोधन गर्दै कोशी सरकारका मुख्यमन्त्री कार्कीले एक वर्षभित्र देशकै पहिलो प्राविधिक विश्वविद्यालयलाई अस्पताल हस्तारन्तरण गरिसक्ने प्रतिबद्धता जनाएका हुन् ।
अख्तियारको वार्षिक प्रतिवेदन अनुसार स्वास्थ्य मन्त्रालयमा गत आ.ब. को अन्तिम सम्म ६०२ वटा उजुरी
सोमबार, भदौ ३१, २०८१
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयविरुद्ध भ्रष्टाचारका ६०२ वटा उजुरी परेको छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतीस वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८०/८१) अनुसार अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका १३४ उजुरीसमेत गरी स्वास्थ्य मन्त्रालयविरुद्ध सङ्ख्या ७३६ छन् ।
स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि स्वास्थ्यमन्त्री पौडेलको आठ बुँदे प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत
आइतबार, भदौ ३०, २०८१
संघीय संरचना अनुसार संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनका क्रममा स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको व्यवस्थापनमा देखिएको समस्या समाधान हुने देखिएको छ । गत साताको मन्त्रिपरिषद्को बैठकले यस प्रस्ताव स्वीकृत गरेसँगै स्वास्थ्य क्षेत्रमा सयौंको संख्यामा समस्यामा परेका स्वास्थ्यकर्मीको व्यवस्थापन हुने देखिएको हो ।
बरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. सजन केसीको हृदयघातबाट निधन
आइतबार, भदौ ३०, २०८१
भरतपुर अस्पतालका बरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. सजन केसीको निधन भएको छ । ४४ वर्षीय डा. केसीको आज विहान काठमाडौँमा निधन भएको हो । उनलाई पछिल्लो समय मुटु सम्वन्धी समस्या देखिएको थियो ।उपचारमा सम्लग्न चिकित्सकले डा. केसीको मृत्युको प्रमुख कारण मुटु सम्वन्धी समस्या नै भएको बताए । ‘पुरानो...
अधिकांशको अनुदान काटिदा पनि रातो किताबमै अनुदान तोकिने दुई महाशक्तिशाली संस्था
आइतबार, भदौ ३०, २०८१
नेपाल सरकारले स्वास्थ्य मन्त्रालयअन्तर्गत प्रत्येक वर्ष बाँड्दै आएको पहुँचवालाका संस्थाको करोडौं अनुदान यस वर्ष अधिकांशलाई रोक्यो । तर, दुई वटा संस्था महाशक्तिशाली संस्थाले भने स्वास्थ्य मन्त्रालयको प्रस्तावबिनै सिधैं रातो किताबमै अनुदान तोक्ने गरी चलखेल गरे ।
साताको लोकप्रीय

