Swasthya Awaj
स्वास्थ्य मन्त्री प्रदीप यादवले दिए राजिनामा, जसपाले लियो समर्थन फिर्ता
स्वास्थ्य मन्त्री प्रदीप यादवले दिए राजिनामा, जसपाले लियो समर्थन फिर्ता जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए पछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवले नेपालको संविधानको धारा ७७ को उपधारा २ (क) बमोजिम पदबाट राजीनामा दिएका छन्।
सिटिइभिटीको पुनःसंरचना प्रक्रिया सुरु
सिटिइभिटीको पुनःसंरचना प्रक्रिया सुरु शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को पुनःसंरचचका लागि प्रक्रिया सुरु भएको जानकारी दिएकी छन्। विद्यार्थीले ‘सिक्दासिक्दै कमाउने’ र ‘कमाउँदा कमाउँदै’ शैक्षिक प्रमाणपत्र पाउने अवस्था ल्याउन काम गरिएको र त्यसका लागि अतिरिक्त बजेट आवश्यक नपर्ने उनले स्पष्ट गरिन्।
७३ जिल्लामा फैलियो डेंगु संक्रमण, सबैभन्दा बढी काठमाडौंमा, सजक हुन बिज्ञको सुझाव
७३ जिल्लामा फैलियो डेंगु संक्रमण, सबैभन्दा बढी काठमाडौंमा, सजक हुन बिज्ञको सुझाव डेंगु रोगको सङ्क्रमण हाल सम्म देशको ७३ जिल्लामा फैलिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण प्रसाद दाहालका अनुसार ७३ जिल्लाका १ हजार ४ सय ३२ जनामा सङ्क्रमण देखिएको छ। उनले मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङक्रमण देखिएको...
काठमाडौँ महानगरको अल्टिमेटमलाई अस्पतालहरूले गरे बेवास्ता
काठमाडौँ महानगरको अल्टिमेटमलाई अस्पतालहरूले गरे बेवास्ता काठमाडौँ महानगरपालिकाले करिब एक महिनाअघि निजी तथा सामुदायिक अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको थियो । महानगरभित्र सञ्चालित निजी तथा सामुदायिक गरी ५२ वटा अस्पताल छन् । ती सबै अस्पताललाई गत जेठ २३ गते सूचना जारी गर्दै १५ दिनभित्र आफ्नै फार्मेसी सञ्चालन गर्न महानगरले निर्देशन दिएको थियो ।
असार मसान्तभित्र अस्थायी दरबन्दी स्वीकृत गराउन स्वास्थ्य मन्त्रायलको निर्देशन
असार मसान्तभित्र अस्थायी दरबन्दी स्वीकृत गराउन स्वास्थ्य मन्त्रायलको निर्देशन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार मसान्तभित्र अस्थायी दरबन्दी स्वीकृत गराउन  आफु मातहतका प्रतिष्ठान, विभाग तथा अस्पतालहरुलाई निर्देशन दिएको छ। 
स्वस्थ शिशु प्रतिस्पर्धाको आयोजना गर्दै प्रसूतिगृह अस्पताल
स्वस्थ शिशु प्रतिस्पर्धाको आयोजना गर्दै प्रसूतिगृह अस्पताल थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा स्वस्थ शिशु प्रतिस्पर्धा हुने भएको छ । अस्पतालले आगामी ३० साउनका दिन यो प्रतिस्पर्धा गर्न लागेको हो । तर,  प्रतिस्पर्धामा भाग लिने शिशुहरु प्रसूतिगृह अस्पतालमै जन्मेको हुनु पर्नेछ ।
लुम्बिनीका मेसु डा. ढकाललाई काम नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
लुम्बिनीका मेसु डा. ढकाललाई काम नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश सर्वोच्च अदालतले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकाललाई काम नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । एक महिना अघि जेठ १८ गते लुम्बिनी प्रदेश सरकारको निर्णयबाट मेसुमा नियुक्त भएका ढकाललाई अस्पतालमै कार्यरत अर्का डाक्टर विष्णु गौतमको निवेदनमा सर्वोच्चले काममा नलगाउने अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
आफ्नो पहिलो पत्रकार सम्मेलन नसकिदै सत्ता गठबन्धनको खटपट बाहिरिएपछि स्वास्थ्य मन्त्री यादवले के भने ?
आफ्नो पहिलो पत्रकार सम्मेलन नसकिदै सत्ता गठबन्धनको खटपट बाहिरिएपछि स्वास्थ्य मन्त्री यादवले के भने ? स्वास्थ्य मन्त्रालयमा पदवहाली गरेको ४७ औँ दिनमा पहिलो पटक स्वास्थ्य पत्रकारसंग अन्तरक्रिया गरेका स्वास्थ्य मन्त्री प्रदीप यादवले आफ्नो सम्वोधनको अन्त्यतिर भनेका थिए,  ‘साउन महिना कट्न दिनुहोस बैद्यखाना कस्तो हुन्छ थाहा पाउनु हुन्छ । उनको संकेत थियो, एक महिना पछि बैद्यखानामा निकै नै सुधार हुन्छ ।’
भारत लैजाँदै गरेको पौने ३ करोड बराबरको विद्युतीय चुरोट बरामद
भारत लैजाँदै गरेको पौने ३ करोड बराबरको विद्युतीय चुरोट बरामद मकवानपुर प्रहरीले ठूलो मात्रमा अवैध विद्युतीय चुरोट अर्थात भेप बरामद गरेको छ। बिहीबार बेलुका हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित सडकमा अवैध भेप बरामद गरिएको प्रहरीको भनाइ छ । 
योगलाई आधुनिक जीवनशैलीका दूष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गरौँः प्रधानमन्त्री
योगलाई आधुनिक जीवनशैलीका दूष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गरौँः प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग र साधनालाई शिक्षा, जीवन र व्यवहारमा जोड्दै आधुनिक जीवनशैलीका दूष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गर्न आवश्यक रहेको बताउनुभएको छ । दसौँ विश्व योग दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै योगाभ्यासलाई जीवनको अभिन्न क्रियाकलापका रूपमा अवलम्बन गरी स्वथ्य जीवनयापनको मार्गमा अघि बढ्न आह्वान गर्नुभयो...
ठुलो संख्यामा स्थायी कर्मचारीको पदपूर्ति गर्न पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले गर्यो बिज्ञापन
ठुलो संख्यामा स्थायी कर्मचारीको पदपूर्ति गर्न पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले गर्यो बिज्ञापन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले ठूलो संख्यामा स्थायी कर्मचारी नियुक्त, बढुवा तथा आन्तरीक प्रतिष्पर्धाबाट पदपुर्ति गर्नका लागि लोक सेवा आयोगको सहमती लिई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सेवा आयोग मार्फत बिज्ञापन गरेको छ । 
Weather Update