एक वर्षदेखि रोकिएको स्थानीय तहका स्वास्थ्यकर्मीको तलब निकासा
सोमबार, असार २४, २०८१
लामो समयदेखि तलब भत्ता नपाएका २ सय ३९ स्थानीय तहका स्वास्थ्यकर्मीको तलब भत्ता निकासा भएको छ । आइतबार संघीय स्वास्थ्य तथा स्वास्थ्यसमाचारजनसंख्या मन्त्रालयले २ सय ३९ स्थानीय तहका स्वास्थ्यका कर्मचारीको रकम निकासा गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार पनि प्रधानमन्त्रीले सम्हाल्ने
सोमबार, असार २४, २०८१
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै सम्हाल्ने भएका छन् । सत्ता गठबन्धनमा फेरवल देखिएपछि जनता समाजबादी पार्टीबाट स्वास्थ्य मन्त्री रहेका प्रदीप यादव र स्वास्थ्य राज्यमन्त्री हसिना खानले पदबाट राजिनामा दिएका थिए ।
सरकारद्धारा संक्रामक रोगको सूचीमा ५२ वटा रोग समावेश
सोमबार, असार २४, २०८१
सरकारले ५२ वटा रोगलाई संक्रामक रोगको सूचीमा राखेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा (१) बमोजिम ती रोगलाई संक्रामक रोगको सूचीमा राखेको हो ।
७३ जिल्लामा फैलियो डेंगु संक्रमण, सबैभन्दा बढी काठमाडौंमा, सजक हुन बिज्ञको सुझाव
शुक्रबार, असार २१, २०८१
डेंगु रोगको सङ्क्रमण हाल सम्म देशको ७३ जिल्लामा फैलिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण प्रसाद दाहालका अनुसार ७३ जिल्लाका १ हजार ४ सय ३२ जनामा सङ्क्रमण देखिएको छ। उनले मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङक्रमण देखिएको...
लुम्बिनीका मेसु डा. ढकाललाई काम नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
मंगलबार, असार १८, २०८१
सर्वोच्च अदालतले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकाललाई काम नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । एक महिना अघि जेठ १८ गते लुम्बिनी प्रदेश सरकारको निर्णयबाट मेसुमा नियुक्त भएका ढकाललाई अस्पतालमै कार्यरत अर्का डाक्टर विष्णु गौतमको निवेदनमा सर्वोच्चले काममा नलगाउने अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
मणिपाल अस्पताललाई २० करोड राजस्व छुट दिएको भन्दै पोखरा महानगरमा अख्तियारको छापा
मंगलबार, असार १८, २०८१
पोखराको मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै पोखरा महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । आयोगको टोलीले मंगलबार महानगरपालिकाको कार्यालयमा छापा मारेको हो ।
ललितपुर महानगरमा यस्ता छन् स्वास्थ्यका विषय नीति तथा कार्यक्रम
बिहीबार, असार ६, २०८१
ललितपुर महानगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नीति तथा कार्यक्रममा महानगरपालिका भित्रका ७० बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरु, अपाङ्गता भएका व्यक्तिहरुको लागि हाल सञ्चालनमा रहेको स्वास्थ्य उपचार सम्बन्धी जेष्ठ नागरिकसँग महानगर कार्यक्रमलाई निरन्तरता दिदैं सवै वडासम्म विस्तार गर्ने उल्लेख गरेको छ।
आगामी आर्थिक बर्षका लागि स्वास्थ्यले पाएको ८६ अर्बको बजेट संघ प्रदेश र स्थानीय तहमा कसरी बाँढियो ?
बिहीबार, असार ६, २०८१
आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्तर्गतका निकायका लागि कुल ८६ अर्ब २३ करोड ८९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यो रकम कुल राष्ट्रिय बजेटको ४.६४ प्रतिशत हो । यसपटक सरकारले १८ खर्व ६० अर्ब ३० करोड ३० लाख रुपैयाँको राष्ट्रिय बजेट...
स्वास्थ्य बीमा गराउने दर्ता सहयोगी आन्दोलित
बुधबार, असार ५, २०८१
स्वास्थ्य बीमा गराउने दर्ता सहयोगीहरु आन्दोलित भएका छन् । सरकारले प्रोत्साहन भत्ताको रुपमा दिदै आएको कमिसनको दर बढाउनु पर्ने र प्रोत्साहन भत्तामा आयकर ऐन १५ प्रतिशत काटिने निर्णय फिर्ता गर्नु पर्ने भन्दै आन्दोलित भएका हुन् ।
दैलेखमा सुर्तीजन्य पदार्थ विक्री वितरणमा कडाई गरिने
बुधबार, असार ५, २०८१
नारायण नगरपालिका दैलेखले अबदेखि सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ विक्री वितरणमा कडाई गर्ने भएको छ ।नारायण नगरपालिकाकी उप मेयर तप्ता थापाले धेरै रोगहरुको कारक तत्व बनेको सुर्तीजन्य पदार्थको सेवनबाट हुने हानीबाट नागरिकलाई जोगाउन अबदेखि सुर्तीजन्य पदार्थको सेवन तथा विक्री वितरणमा कडाई गरिने बताएकी हुन्।
मन्त्रालयको स्वीकृत बिना अल्का अस्पतालबाट आईभीएफ सेन्टर संचालनः कारबाहीको तयारीमा मन्त्रालय
बिहीबार, जेठ १०, २०८१
जवलाखेल स्थित अल्का अस्पतालले पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृति नै नलिई अवैध रुपमा टेस्टट्युब बेबी सेवा अर्थात इनभिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवा सञ्चालन गरिरहेको तथ्य फेल परेको छ।
स्वास्थ्य मन्त्री यादवद्धारा बिर अस्पतालको अनुगमन
बिहीबार, जेठ १०, २०८१
चर्कँदाे गर्मी र थामिनसक्नुको भीड । औषधिको पूर्जी लिएर वीर अस्पतालको फार्मेसी अगाडि लामबद्ध शर्मिला गौतम घरीघरी पछ्यौरी अनुहारको पसिना पुछ्दैहुनुहुन्थ्यो ।
साताको लोकप्रीय


